
बागमती प्रदेश नेपालका सात प्रदेशहरू मध्ये एक हो। यस प्रदेशको राजधानी हेटौँडा हो भने देशको राजधानी काठमाडौँ समेत यस प्रदेशमा पर्दछ। यस प्रदेशले २०,३०० वर्ग किलोमिटरको क्षेत्रफल ओगटेको छ अर्थात् यसले नेपालको कुल क्षेत्रफल १४७,१८१ मध्ये १३.७९% क्षेत्रफल ओगटेको छ। प्रदेशको पूर्वमा कोशी प्रदेश र पश्चिममा गण्डकी प्रदेश पर्दछ भने उत्तरमा चीन र दक्षिणमा मधेश प्रदेश तथा भारतसँग यसले सीमाना साझेदारी गरेको छ। समुद्र सतहदेखि १४१ मिटरमा देखि ७,२२९ मिटर सम्म फैलिएको यस प्रदेशको तल्लो बिन्दु भनेको चितवनको गोलाघाट हो भने माथिल्लो बिन्दु लाङटाङ हिमाल हो। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा उल्लेखित तथ्य अनुसार, धादिङ, दोलखा, रसुवा, सिन्धुपाल्चोक र रामेछाप गरि पाँचवटा हिमाली जिल्ला, नुवाकोट र काभ्रेपलाञ्चोक गरि दुईवटा पहाडी जिल्ला, काठमाडौँ, भक्तपुर र ललितपुर गरि तीनवटा उपत्यकाका जिल्ला र सिन्धुली, चितवन र मकवानपुर गरि तीनवटा भित्री मधेसका जिल्लाहरू यसमा पर्दछन्।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका प्रदेशहरू wd
- जनसंख्या
- 6,116,866 (2021) wd
- क्षेत्रफल
- 20,300 km² wd
- स्थापना
- wd
- आधिकारिक वेबसाइट
- ocmcm.bagamati.gov.np wd
- निर्देशाङ्क
- 27.7000° N, 85.5000° E wd
भित्रका ठाउँहरू: बागमती प्रदेश
नजिकका ठाउँहरू
- नगरकोट — 3 km
- कैलाशनाथ महादेव मन्दिर — 6 km
- चाँगुनारायण मन्दिर — 7 km
- चाँगुनारायण गाविस — 7 km
- बनेपा नगरपालिका — 8 km
- भक्तपुर दरवार क्षेत्र — 8 km
स्रोतहरू
- Wikipedia (English): Bagmati Province · CC BY-SA 4.0
- Wikipedia (Nepali): बागमती प्रदेश · CC BY-SA 4.0
- Wikidata item Q25104015 · CC0 1.0
- Image: Bhaktapur Durbar Premises.jpg by Saroj Pandey (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"बागमती प्रदेश". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/bagmati-province?lang=ne. Retrieved 21 October 2026.