
हेटौँडा उपमहानगरपालिका मकवानपुर जिल्लाको सदरमुकाम तथा बागमती प्रदेशको राजधानी हो। यो नगर भौगोलिक रूपमा भित्री मधेस भनिने चितवन उपत्यका को पूर्वी छेउ चुरे पहाडी श्रृङखलासँग जोडएर रहेको छ। यो मध्य नेपालको प्रमुख वाणिज्य तथा यातायात केन्द्र हो। यो महेन्द्र राजमार्ग तथा त्रिभुवन राजपथको मिलन विन्दुमा अवस्थित छ। यहाँ हिन्दु, बौद्ध, मुसलमान, इसाई धर्मावलम्बीको बसोवास रहेको छ। नेपालको मन्त्रिपरिषद् अन्तर्गतको सामाजिक समितिले ६१ वटा नगरपालिका थप गर्ने र ७ वटा नगरपालिकालाई उपमहानगरपालिका बनाउने निर्णय गरेकोमा हेटौँडालाई पनि नगरपालिकाबाट उपमहानगरपालिकामा विस्तार गरेको थियो। २०७१ वैशाख १५ मा, साविकका पदमपोखरी, चुरियामाई, हटिया र हर्नामाडी गाविसहरूलाई गाभेर तात्कालीन हेटौँडा नगरपालिकाको क्षेत्रविस्तार गरिएको थियो। हेटौँडालाई उपमहानगरपालिका घोषणा गर्दा यसमा वसामाडी गाविसलाई समावेश गरिएको थियो।
मुख्य तथ्यहरू
- प्रकार
- सहर, उपमहानगरपालिका wd
- अवस्थिति
- मकवानपुर जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 84,671 (2011) wd
- क्षेत्रफल
- 261.59 km² wd
- उचाइ
- 345 m wd
- आधिकारिक वेबसाइट
- hetaudamun.gov.np wd
- निर्देशाङ्क
- 27.4167° N, 85.0333° E wd
नजिकका ठाउँहरू
- मकवानपुर जिल्ला — 0 km
- नारायणी अञ्चल — 3 km
- PIA उड़ान 268 — 28 km
- दक्षिणकाली भगवती — 28 km
- सिमरा विमानस्थल — 29 km
- छैमले — 30 km
स्रोतहरू
- Wikipedia (English): Hetauda · CC BY-SA 4.0
- Wikipedia (Nepali): हेटौंडा नगरपालिका · CC BY-SA 4.0
- Wikidata item Q11285 · CC0 1.0
- Image: Sahid Smarak, Hetauda.jpg by Bharatadhikarimb (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"हेटौंडा नगरपालिका". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/hetauda?lang=ne. Retrieved 21 October 2026.