
मकवानपुर जिल्ला नेपालको बागमती प्रदेशमा पर्ने एक जिल्ला हो। यो जिल्लाले पूर्वमा रहेको झापादेखि पश्चिममा रहेको कञ्चनपुरलाई राजधानी काठमाडौँसँग जोड्ने गर्दछ। यो जिल्लाको उत्तरतर्फ रहेको करिब ६६ किलोमिटर लामो महाभारत शृङ्खला र दक्षिणतर्फ करिब ९२ किलोमिटर लामो चुरे पर्वतद्वारा घेरिएको छ। राजधानी प्रवेशको मुख्य मार्गको रूपमा परिचित यो जिल्ला राजधानी काठमाडौँ र ऐतिहासिक जिल्ला ललितपुरसँग सीमावद्ध भएर रहेको छ। त्रिभुवन राजपथ र महेन्द्र राजमार्गको निर्माणले यस जिल्लाबाट देशको पूर्व तथा पश्चिम आवागमनलाई अत्यन्त सहज तुल्याएको छ। यस जिल्लाको सदरमुकाम हेटौँडाबाट फाखेल-हुमाने भन्ज्याङ-फर्पिङ हुँदै छोटो समयमै काठमाडौँ पुग्ने वैकल्पिक मार्गको पनि निर्माण भएको छ। यो जिल्ला देशकै तेस्रो ठूलो औद्योगिक जिल्ला मध्येमा पर्दछ। यहाँ थुप्रै प्राकृतिक मनोरम स्थलहरू रहेका छन्। चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षणले पनि यस जिल्लाको केही भूभाग ओगटेको छ। सेन वंशीय राजाहरूको दरबार मकवानपुर गढी, सामारिक दृष्टिले महत्त्वपूर्ण स्थान चिसापानी गढी, पर्यटकीय स्थल शहीद स्मारक, लाली गुराँस र सुनगाभाका प्राकृतिक सङ्ग्रहालयहरूले यस जिल्लाको सौर्न्दय अझ बढाएको छ। यस जिल्लामा नेपालकै एकमात्र मानव निर्मित ताल इन्द्र सरोवर वा कुलेखानीको नामले चिनिन्छ। यस तालको पानीबाट कुलेखानी प्रथम कुलेखानी द्वितीय र कुलेखानी तृतीयमा विद्युत उत्पादन गरिन्छ।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका जिल्लाहरू wd
- अवस्थिति
- बागमती प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 466,073 (2011) wd
- क्षेत्रफल
- 2,426 km² wd
- आधिकारिक वेबसाइट
- ddcmakwanpur.gov.np wd
- निर्देशाङ्क
- 27.4167° N, 85.0333° E wd
भित्रका ठाउँहरू: मकवानपुर जिल्ला
नजिकका ठाउँहरू
- हेटौंडा नगरपालिका — 0 km
- नारायणी अञ्चल — 3 km
- PIA उड़ान 268 — 28 km
- दक्षिणकाली भगवती — 28 km
- सिमरा विमानस्थल — 29 km
- छैमले — 30 km
स्रोतहरू
- Wikipedia (English): Makwanpur District · CC BY-SA 4.0
- Wikipedia (Nepali): मकवानपुर जिल्ला · CC BY-SA 4.0
- Wikidata item Q28174 · CC0 1.0
- Image: A lonely station.jpg by Mohan K. Duwal (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मकवानपुर जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/makwanpur-district?lang=ne. Retrieved 21 October 2026.