DigiNepal
नगरकोट
松岡明芳 · CC BY-SA 4.0

नगरकोट

Nagarkot

भक्तपुर जिल्लामा रहेको एक भूतपूर्व गाविस

Read in English · हिंदी में पढ़ें

नगरकोट काठमाडौँ उपत्यका नजिकको प्रसिद्ध रमणीय स्थल हो । यो स्थान राजधानी काठमाडौँबाट ३२ किलोमिटर उत्तर-पूर्वमा र भक्तपुर नगरबाट २० किलोमिटर पूर्वमा अवस्थित रहेको छ । यो समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको छ । गर्मी मौसममा पनि चिसो वातावरण हुने नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमालयका चुचुराहरूका साथै विश्वको सर्वोच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्य हेर्न सकिन्छ । यहाँबाट देखिने अन्य हिमाल चुचुराहरूमा धौलागिरी हिमश्रृङ्खलादेखि कञ्चनजङ्घा हिमश्रृङ्खलासम्मको मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्कर, चोयु, ल्होत्से, मकालु हिमाल इत्यादि छन् । नगरकोट क्षेत्र हिमालको काखबाट निस्कने सूर्योदयको दृष्यावलोकन लागि पनि प्रसिद्ध छ । यो हाल चाँगुनारायण नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड, गाउँ wd
अवस्थिति
भक्तपुर जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
जनसंख्या
4,571 wd
उचाइ
2,200 m wd
निर्देशाङ्क
27.7183° N, 85.5181° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Nagarkot · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): नगरकोट · CC BY-SA 4.0
  3. Wikidata item Q1025470 · CC0 1.0
  4. Image: 2015-03-18 Nagarkot Hotel Galaxy DSCF2094.jpg by 松岡明芳 (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"नगरकोट". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/nagarkot?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख नगरकोट बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: 2015-03-18 Nagarkot Hotel Galaxy DSCF2094.jpg — 松岡明芳, CC BY-SA 4.0.

← ठाउँहरू