
लुम्बिनी गौतम बुद्धको जन्मस्थल हो। हाल यो ठाउँ नेपालको लुम्बिनी अञ्चल, रूपन्देही जिल्लामा पर्छ। विभिन्न बौद्ध वाङ्मयहरूमा बुद्धको जन्मस्थल भनेर लुम्बिनी नाउँको एउटा उपवनलाई चिनाइएको छ भने सो उपवनमा कालान्तरमा विभिन्न मानवीय गतिविधिहरू हुन थालेको पाइन्छ । इ.पू. २४९ मा मौर्य सम्राट अशोकले यस स्थलको तीर्थाटन गरेका थिए र यस तीर्थाटनको संस्मरणमा अभिलेख पनि कुँदाएका थिए । यो कुराको जानकारी इसाको पाँचौं शताब्दीमा आएका चिनियाँयात्री फाहियान र सातौ शताब्दीमा आएका अर्का चिनियाँ यात्री, ह्वेनसाङले विस्तृत बयान आफ्ना यात्रा विवरणहरूमा दिएका थिए । सन् १८९६ मा पुरातात्विक अन्वेषणका क्रममा मौर्य सम्राट अशोकद्वारा राखिएको अशोक स्तम्भ र त्यसमा रहेको अभिलेख भेटियो । उक्त अभिलेखमा यो ठाउँको नाम लुंमिनि भनेर उल्लेख गरिएको पाइन्छ । यस अभिलेखको प्राप्तीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पहिचान भएको हो भने त्यसैबेलादेखि विश्वभर गौतम बुद्धको जन्मस्थल नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, रूपन्देही जिल्लामा पर्ने कुरा स्थापना भयो।
मुख्य तथ्यहरू
- प्रकार
- pilgrimage site wd
- अवस्थिति
- रुपन्देही जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 2,078 wd
- क्षेत्रफल
- 1.95 ha wd
- उचाइ
- 150 m wd
- सम्पदा मान्यता
- युनेस्को विश्व सम्पदा क्षेत्र wd
- निर्देशाङ्क
- 27.4814° N, 83.2758° E wd
भित्रका ठाउँहरू: लुम्बिनी
नजिकका ठाउँहरू
- मायादेवी मन्दिर — 1 km
- गौतम बुद्ध विमानस्थल — 14 km
- रुपन्देही जिल्ला — 17 km
- सिद्धार्थनगर नगरपालिका — 17 km
- तिलौराकोट — 22 km
- कपिलवस्तु जिल्ला — 23 km
स्रोतहरू
- Wikipedia (English): Lumbini · CC BY-SA 4.0
- Wikipedia (Nepali): लुम्बिनी · CC BY-SA 4.0
- Wikidata item Q9213 · CC0 1.0
- Image: BRP Lumbini Mayadevi temple.jpg by Bibek Raj Pandeya (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"लुम्बिनी". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/lumbini?lang=ne. Retrieved 21 October 2026.