
पोखरा नेपालको गण्डकी प्रदेश स्थित कास्की जिल्लामा रहेको महानगरपालिका हो। वि.सं. २०५२ माघ १८ गते उपमहानगरपालिका घोषित पोखरालाई सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले वि.सं. २०७३ फागुन २७ गते महानगरपालिका घोषणा गरेको हो। क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो यस महानगरपालिकाको क्षेत्रफल ४६४.२४ वर्ग कि. मी. रहेको छ भने कुल जनसङ्ख्या ५,१३,५०४ रहेको छ। महानगरपालिकाको केन्द्र साविक पोखरा उपमहानगरपालिका कार्यालय नै रहेको छ। २०७१ पुस २८ गते, तात्कालीन पोखरा उपमहानगरपालिकामा लामाचौर, भलाम, काँहु, आर्वाविजय, निर्मलपोखरी, कृष्तिनाच्नेचौर, पुम्दीभुम्दी, सराङकोट, हेम्जा र अर्मला गरी १० वटा गाविसहरू गाभ्दै यसको क्षेत्र विस्तार गरिएको थियो। लेखनाथ नगरपालिका, मौजा, चापाकोट, भदौरे तमागीको (३-९) वडाहरू, कास्कीकोट, माझठानाको (१,४-९) वडाहरू कालिकाको (१-५) वडाहरू र पुरन्चौर गाउँ विकास समिति मिलि कुल ३३ वटा वडामा विभाजित छ। पोखरा लेखनाथ महानगरपालिकाको पूर्वी सिमानामा मादी गाउँपालिका र रूपा गाउँपालिका, पश्चिममा अन्नपूर्ण गाउँपालिका, पर्वत र स्याङ्जा जिल्ला रहेको छ उत्तरी सिमानामा माछापुच्छ्रे गाउँपालिका र मादी गाउँपालिका तथा दक्षिणमा स्याङ्जा र तनहुँ जिल्ला रहेको छ।
मुख्य तथ्यहरू
- प्रकार
- big city wd
- अवस्थिति
- कास्की जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 353,841 (2017) wd
- क्षेत्रफल
- 464.24 km² wd
- उचाइ
- 900 m wd
- स्थापना
- wd
- आधिकारिक वेबसाइट
- pokharamun.gov.np wd
- निर्देशाङ्क
- 28.2097° N, 83.9853° E wd
भित्रका ठाउँहरू: पोखरा
नजिकका ठाउँहरू
- गण्डकी प्रदेश — 1 km
- पोखरा विमानस्थल — 1 km
- यति एयरलाइन्सको एटिआर-७२ विमान दुर्घटना — 1 km
- पोखरा अन्तर्राष्ट्रिय विमानस्थल — 4 km
- फेवा ताल — 4 km
- सराङकोट — 4 km
स्रोतहरू
- Wikipedia (English): Pokhara · CC BY-SA 4.0
- Wikipedia (Nepali): पोखरा · CC BY-SA 4.0
- Wikidata item Q6640 · CC0 1.0
- Image: Pokhara Valley.jpg by Utsab Raj Giri (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"पोखरा". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/pokhara?lang=ne. Retrieved 21 October 2026.