
सराङकोट नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्ला अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ८३५४ रहेको थियो जसमध्ये ३८९९ पुरुष र ४४५५ महिला रहेका थिए भने यहाँ २०८० घरधुरी रहेको थियो। यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू भुमे कालिका मन्दिर, चिसाखोला वेदविद्याश्रम, वाहकोट देवीको मन्दिर, वागेश्वरी मन्दिर, पदेंली शिव मन्दिर आदि हुन भने सराङकोट भ्युटावर, चण्डीको डिल (पाराग्लाइडिङ), मेथलाङ डाँडा, वाहाकोट (पाराग्लाइडिङ), खपौदी र राताडाँडा आदि प्राकृतिक पर्यटकीय स्थलहरू हुन। सराङकोटबाट पोखराको रमाइलो दृष्यावलोकन गर्न सकिन्छ। यहाँबाट प्याराग्लाईडिङ मार्फत चरा झैं उडेर शयर गर्न सकिन्छ। यो हाल पोखरा महानगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- गाउँ, वडा wd
- अवस्थिति
- पोखरा (big city) › कास्की जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.2417° N, 83.9667° E wd
नजिकका ठाउँहरू
- पश्चिमाञ्चल विकास क्षेत्र — 3 km
- फेवा ताल — 4 km
- पोखरा — 4 km
- गण्डकी प्रदेश — 4 km
- पोखरा विमानस्थल — 5 km
- यति एयरलाइन्सको एटिआर-७२ विमान दुर्घटना — 5 km
स्रोतहरू
- Wikipedia (English): Sarangkot · CC BY-SA 4.0
- Wikipedia (Nepali): सराङकोट · CC BY-SA 4.0
- Wikidata item Q906285 · CC0 1.0
- Image: Sunset flying above Himalayas.jpg by Q-lieb-in (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सराङकोट". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/sarangkot?lang=ne. Retrieved 21 October 2026.