DigiNepal
सगरमाथा
Rdevany · CC BY-SA 3.0

सगरमाथा

Mount Everest

विश्वको सबैभन्दा उच्च हिमाल

Read in English · हिंदी में पढ़ें

सगरमाथा संसारको सबैभन्दा अग्लो चुचुरो हो । यसको उचाई समुन्द्र सतहबाट ८,८४८.८६ मिटर छ । सन् ८ डिसेम्बर २०२० अगाडी यसको उचाई समुन्द्र सतहबाट ८,८४८ मिटर मानिएको थियो । सगरमाथा नेपालको सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्छ । तिब्बती भाषामा यसको नाम चोमोलङमा हो । विशेष गरी थुलुङ राई स्थानियवासीहरू सगरमाथालाई चोमोलुङ भन्दछन् । सगरमाथालाई सन् १८६५ मा ब्रिटिस सर्भेयर कर्णेल सर जर्ज एभरेस्टको नाममा माउन्ट एभरेस्ट नामाकरण गरिएको थियो । पछि सन् १९५६ मा इतिहास शिरोमणि बाबुराम आचार्यले यसको नाम सगरमाथा राखेका हुन साथै उनले सगरमाथाको नेपाली नाम झ्यामोलोङ्मो पनि लेखेका छन् । यसलाई कतै कतै देवढुङ्गा पनि भन्ने गरेको पाइन्छ । सगरमाथा शिखरमा सर्वप्रथम, सन १९५३ मे २९ तारिखको बिहान ११:१५ बजे, नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एड्मन्ड हिलारीले पाइला राखेका थिए ।

मुख्य तथ्यहरू

प्रकार
पहाड wd
अवस्थिति
सोलुखुम्बु जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
उचाइ
8,848.86 m wd
प्रमुखता
8,848.86 m wd
निर्देशाङ्क
27.9881° N, 86.9250° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Mount Everest · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सगरमाथा · CC BY-SA 4.0
  3. Wikidata item Q513 · CC0 1.0
  4. Image: Mt. Everest from Gokyo Ri November 5, 2012.jpg by Rdevany (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सगरमाथा". DigiNepal. Last updated 16 October 2026. https://diginpl.com/places/mount-everest?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सगरमाथा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Mt. Everest from Gokyo Ri November 5, 2012.jpg — Rdevany, CC BY-SA 3.0.

← ठाउँहरू