DigiNepal
पशुपतिनाथको मन्दिर
Bijay Chaurasia · CC BY-SA 4.0

पशुपतिनाथको मन्दिर

Pashupatinath Temple

काठमाडौंमा अवस्थित ऐतिहासिक एबम् धार्मिक स्थल

Read in English · हिंदी में पढ़ें

पशुपतिनाथको मन्दिर काठमाडौँ जिल्लामा रहेको ऐतिहासिक, धार्मिक एवं पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थल हो। यो मन्दिर काठमाडौँ महानगरपालिका वडा नम्बर ८ मा बागमती नदीको किनारमा रहेको छ। यो मन्दिर २४० हेक्टर जग्गामा फैलिएको छ। पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत युनेस्को विश्व सम्पदा क्षेत्र मा पर्दछ। सन् १९७९मा युनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो। काठमाडौँ उपत्यकाकै प्राचीनतम धार्मिकस्थल प्रमाणित भएकोले र अति प्राचीन पूजास्थल, मठ मन्दिर र मूर्तिहरू तथा प्राचीन अभिलेखहरूको अवस्थित हुनाले पशुपतिनाथको मन्दिर क्षेत्र खुला सङ्ग्रहालय जस्तै देखिन्छ । शैव, शाक्त, वैष्णव, बौद्ध, जैन, सौर, गाणपत, नाथ, सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूका लागि पशुपति क्षेत्र सदैव समान आस्था एवं श्रद्धाको केन्द्रको रूपमा रहेको छ। पशुपति क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवं पुजास्थल, अखाडा पनि रहेका छन्। पशुपतिनाथको मन्दिर एक जीवन्त सम्पदाको रूपमा रहेको छ। जन्म देखि मृत्यु सम्मका संस्कार सम्पन्न गरिने यस पावन स्थलमा वागमती नदीले यसको महिमा अझै बढाएको छ ।

मुख्य तथ्यहरू

प्रकार
मन्दिर wd
अवस्थिति
काठमाडौँ (city) › काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
क्षेत्रफल
83.55 ha wd
सम्पदा मान्यता
part of UNESCO World Heritage Site wd
आधिकारिक वेबसाइट
pashupati.org.np wd
निर्देशाङ्क
27.7105° N, 85.3486° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Pashupatinath Temple · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): पशुपतिनाथको मन्दिर · CC BY-SA 4.0
  3. Wikidata item Q380384 · CC0 1.0
  4. Image: Pashupatinath Temple-2020.jpg by Bijay Chaurasia (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"पशुपतिनाथको मन्दिर". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/pashupatinath-temple?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख पशुपतिनाथको मन्दिर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Pashupatinath Temple-2020.jpg — Bijay Chaurasia, CC BY-SA 4.0.

← ठाउँहरू