
भरतपुर नेपालको बागमती प्रदेशमा पर्ने चितवन जिल्लाको सदरमुकाम तथा महानगरपालिका हो। नेपालको मध्य भूभागमा रहेको भरतपुर महानगर देशकै चौथौ ठुलो सहर हो। यो नेपालको सबैभन्दा तीव्र गतिले विकास भइरहेको सहरहरू मध्येको एक हो। नारायणी नदीको तटमा अवस्थित रहेको यो सहर चितवन लगायत केन्द्रीय नेपालको व्यापारिक केन्द्र हो। यो महानगरपालिका क्षेत्रभित्र पर्ने नारायणगढ सहरमा मुख्य व्यापारिक पसल र ठुला होटेलहरू रहेका छन् भने अन्य आवश्यक पूर्वाधारका साधनहरू नगरको अन्य क्षेत्रहरूमा रहेका छन्। कुल २९ वटा वडा रहेको भरतपुरको जनसङ्ख्या वि.सं. २०७८ को जनगणना अनुसार ३,६९,२६८ रहेको छ भने यो सहर ४३२.९५ वर्ग किलोमिटरमा फैलिएको छ। यहाँको साक्षरता दर ८७.२० प्रतिशत रहेको छ जसमध्ये महिलाको साक्षरता दर ८२.६४% छ भने पुरुषको साक्षरता दर ९२.१२% रहेको छ। यहाँ ९६,५९१ घरघुरी रहेको छ।
मुख्य तथ्यहरू
- प्रकार
- big city wd
- अवस्थिति
- चितवन जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 369,377 (2021) wd
- क्षेत्रफल
- 433 km² wd
- उचाइ
- 208 m wd
- आधिकारिक वेबसाइट
- bharatpurmun.gov.np wd
- निर्देशाङ्क
- 27.6833° N, 84.4333° E wd
भित्रका ठाउँहरू: भरतपुर महानगरपालिका
नजिकका ठाउँहरू
- भरतपुर विमानस्थल — 1 km
- त्रिशूली नदी — 6 km
- चितवन जिल्ला — 13 km
- सौराहा — 13 km
- मर्स्याङ्दी नदी — 21 km
- चितवन राष्ट्रिय निकुञ्ज — 23 km
स्रोतहरू
- Wikipedia (English): Bharatpur, Nepal · CC BY-SA 4.0
- Wikipedia (Nepali): भरतपुर महानगरपालिका · CC BY-SA 4.0
- Wikidata item Q250220 · CC0 1.0
- Image: Gaindakot and Bharatpur at Narayani River, Nepal 2020 -1.jpg by Dr. Unknown (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"भरतपुर महानगरपालिका". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/bharatpur-nepal?lang=ne. Retrieved 21 October 2026.