
चितवन जिल्ला नेपालका ७७ जिल्लाहरू मध्ये एक हो। यो बागमती प्रदेशको दक्षिण पश्चिममा अवस्थित छ। यो बागमती प्रदेशका १३ जिल्लाहरू मध्ये एक हो। भरतपुर जिल्लाको सदरमुकाम तथा सबैभन्दा ठुलो सहर हुनुका साथै जिल्लाको प्रशासनिक केन्द्र समेत हो। यसले २,२३८.३९ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। बाह्रौँ राष्ट्रिय जनगणना, २०७८ अनुसार जिल्लाको क्षेत्रफल ७,१९,८५९ रहेको थियो भने यहाँ १,७९,३४५ घरधुरी रहेका थिए। भरतपुर दक्षिण मध्य नेपालको वाणिज्यिक र सेवा केन्द्र हो र यस क्षेत्रमा उच्च शिक्षा, स्वास्थ्य सेवा र यातायातको लागि प्रमुख गन्तव्य हो। यो जिल्लाको धेरैजसो भूभाग चितवन उपत्यकामा रहेको छ भने यसको उत्तरी भागमा महाभारत पर्वत शृङ्खला अवस्थित छ। भरतपुर नेपालको मध्य पश्चिम क्षेत्रको व्यापारिक नगर हो। नारायणगढ नारायणी नदीको किनारमा बसेको चितवनको अर्को ठूलो बजार हो भने अन्य ठुला बजारहरूमा मुग्लिङ, टाँडी, खैरहनी, वीरेन्द्रनगर, पर्सा भण्डारा आदी हुन्। नेपालका भित्री मधेशका जिल्लाहरू मध्ये चितवन पनि एक हो।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका जिल्लाहरू wd
- अवस्थिति
- बागमती प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 719,859 (2011) wd
- क्षेत्रफल
- 2,238.39 km² wd
- उचाइ
- 415 m wd
- आधिकारिक वेबसाइट
- ddcchitwan.gov.np wd
- निर्देशाङ्क
- 27.5833° N, 84.5000° E wd
भित्रका ठाउँहरू: चितवन जिल्ला
नजिकका ठाउँहरू
- सौराहा — 1 km
- भरतपुर विमानस्थल — 13 km
- भरतपुर महानगरपालिका — 13 km
- मर्स्याङ्दी नदी — 18 km
- चितवन राष्ट्रिय निकुञ्ज — 19 km
- त्रिशूली नदी — 19 km
स्रोतहरू
- Wikipedia (English): Chitwan District · CC BY-SA 4.0
- Wikipedia (Nepali): चितवन जिल्ला · CC BY-SA 4.0
- Wikidata item Q28583 · CC0 1.0
- Image: Gaindakot Town.jpg by 南アジア (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"चितवन जिल्ला". DigiNepal. Last updated 6 October 2026. https://diginpl.com/places/chitwan-district?lang=ne. Retrieved 21 October 2026.