DigiNepal
चितवन राष्ट्रिय निकुञ्ज
Vadim Tolbatov · CC BY-SA 4.0

चितवन राष्ट्रिय निकुञ्ज

Chitwan National Park

नेपालमा रहेको एक राष्ट्रिय निकुञ्ज

Read in English · हिंदी में पढ़ें

चितवन राष्ट्रिय निकुञ्ज, पहिले शाही चितवन राष्ट्रिय निकुञ्ज, नेपालको सबैभन्दा पहिलो तथा सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज हो। यसको स्थापना सन् १९७३ मा गरिएको हो। यस निकुञ्जलाई सन् १९८४ मा युनेस्को विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरिएको हो। यसको क्षेत्रफल ९५२.६३ किमी२ छ। यसको अवस्थिति उचाई तल्लो नदी उपत्यकामा १०० मी (३३० फिट) देखि चुरे पहाड क्षेत्रमा ८१५ मी (२,६७४ फिट) सम्म रहेको छ। जैविक विविधताको धनी यो निकुञ्ज नेपालको मध्य तराईमा अवस्थित छ। यस निकुञ्जको मुख्य कार्यालय कसरामा रहेको छ जसकारण सबै प्रकारका प्रशासनिक कामहरू कसराबाटै हुने गर्दछ।

मुख्य तथ्यहरू

प्रकार
राष्ट्रिय निकुञ्ज wd
क्षेत्रफल
952.63 km² wd
सम्पदा मान्यता
युनेस्को विश्व सम्पदा क्षेत्र wd
स्थापना
wd
आधिकारिक वेबसाइट
chitwannationalpark.gov.np wd
निर्देशाङ्क
27.5000° N, 84.3333° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Chitwan National Park · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): चितवन राष्ट्रिय निकुञ्ज · CC BY-SA 4.0
  3. Wikidata item Q1075023 · CC0 1.0
  4. Image: Chitwan swamp.jpg by Vadim Tolbatov (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"चितवन राष्ट्रिय निकुञ्ज". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/chitwan-national-park?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख चितवन राष्ट्रिय निकुञ्ज बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Chitwan swamp.jpg — Vadim Tolbatov, CC BY-SA 4.0.

← ठाउँहरू