DigiNepal
रसुवा जिल्ला
Santosh Yonjan · CC BY-SA 4.0

रसुवा जिल्ला

Rasuwa District

नेपालको एक जिल्ला

Read in English · हिंदी में पढ़ें

रसुवा जिल्ला नेपालको बागमती प्रदेशको उत्तरी भेगमा अवस्थित एक विकट हिमाली जिल्ला हो। मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको यो जिल्ला नेपालको हिमाली प्रदेशका १६ वटा जिल्लाहरूमध्ये क्षेत्रफलको आधारमा सबैभन्दा सानो जिल्ला हो। पूर्वमा सिन्धुपाल्चोक दक्षिणमा नुवाकोट पश्चिममा धादिङ जिल्लासँग भौगोलिक सिमाना जोडिएको यस जिल्लाको उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत रहेको छ। आन्तरिक सिमाना छुट्याउने कार्यमा नदी खोलानाला पहाड र बाटोहरू तथा अन्तर्राष्ट्रिय सिमाना छुट्याउने कार्यमा हिमाली चुचुराहरूको उपस्थिति रहेको छ। मध्यमाञ्चल विकास क्षेत्रको सबैभन्दा कम जनसङ्ख्या र जनघनत्व भएको यस जिल्लामा उच्च हिमाली चुचुराहरू पहाडी क्षेत्रको पठार तथा समथर वेशी र टारहरूलगायतका विविध भौगोलिक विशेषताहरू पाउन सकिन्छ। हिन्दुहरूको पवित्र तीर्थस्थल गोसाइँकुण्ड र यस कुण्डलाई उद्गमस्थल बनाई प्रवाहित त्रिशूली नदीले जिल्लाको वैभव कायम गर्नमा महत्त्वपूर्ण भूमिका निभाएका छन्। प्रशासनिक आधारमा एक संसदीय निर्वाचन क्षेत्र ९ वटा इलाका १८ वटा गाउँ विकास समितिहरू र १६२ वडाहरूमा विभाजन गरिएको यस जिल्लाको सदरमुकाम धुन्चे हो जुन गोसाइँकुण्ड गाउँपालिका अन्तर्गत पर्दछ। यस जिल्लाको भौगोलिक वनावट, हावापानी, वनजङ्गलको विविधता, नदीनाला र कुण्ड विभिन्न जातिहरूको बसोबास, रहनसहन, भेषभुषा आदिको विविधता रहेकोले यस जिल्लाले आफ्नै ऐतिहासिक महत्त्व बोकेको छ।

मुख्य तथ्यहरू

प्रकार
नेपालका जिल्लाहरू wd
अवस्थिति
बागमती प्रदेश (province of Nepal) wd
जनसंख्या
45,454 (2021) wd
क्षेत्रफल
1,544 km² wd
आधिकारिक वेबसाइट
ddcrasuwa.gov.np wd
निर्देशाङ्क
28.1650° N, 85.3408° E wd

भित्रका ठाउँहरू: रसुवा जिल्ला

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Rasuwa District · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): रसुवा जिल्ला · CC BY-SA 4.0
  3. Wikidata item Q28605 · CC0 1.0
  4. Image: Kenzin valley Rasuwa.jpg by Santosh Yonjan (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"रसुवा जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/rasuwa-district?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख रसुवा जिल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Kenzin valley Rasuwa.jpg — Santosh Yonjan, CC BY-SA 4.0.

← ठाउँहरू