DigiNepal
रसुवागढी
Krish Dulal · CC BY-SA 3.0

रसुवागढी

Rasuwa Fort

नेपालको रसुवा जिल्लाको किल्ला भग्नावशेष

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

रसुवागढी नेपाल-चीन सीमानामा बागमती प्रदेशको रसुवा जिल्लामा रहेको गोसाइँकुण्ड गाउँपालिकाको वडा नं. २ साविक टिमुरे गाविसमा अवस्थित डेढ शताब्दी पुरानो ऐतिहासिक गढी हो। उत्तरबाट लिङ्दे र पश्चिमबाट केराङ खोला मिलेर भोटेकोशी नदी सुरु हुने दोभानमा रसुवागढी निर्माण भएको छ। बहादुर शाहको समयमा भएको नेपाल-भोट युद्धमा भोटको सहायताको लागि यही बाटो हुँदै आएका चिनियाँ फौजले नेपालीहरूलाई हराउँदै बेत्रावतीसम्म पुगेका थिए। पछि जङ्गबहादुरको पालामा भएको नेपाल-भोट युद्धमा तिब्बतीहरूलाई हराएपछि नेपाली फौज गढीको बाटो हुँदै केरूङ र दिगर्वसम्म पुगेका थिए। वि.सं. १९१२ सालमा यस गढीको निर्माण भएको थियो। यही गढीको नामबाट रसुवा जिल्लाको नामाकरण गरिएको हो। रसुवागढी हाल लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्दछ र यसलाई नेपाली इतिहासको साक्षी पनि मानिन्छ। बहादुर शाह र जङ्गबहादुर राणाको पालामा तिब्बतसँग भएको लडाइँमा यही गढीबाट नेपाली पुर्खाहरूले लडेर तिब्बतसँग युद्ध जितेका थिए। प्राचीनकालमा नेपाल र भोटवीच चल्ने व्यापारको प्रमुख नाका थियो। लिच्छवि कालमा अंशुवर्माको शासनकालका बेला उनकी छोरी भृकुटी यही नाका हुँदै घरमाइती गर्ने गरेकी थिइन्। मल्लकालमा पनि रसुवागढी नाकावाट तिब्बतसँग व्यापार हुने गरेकाले यो मुख्य परम्परागत ऐतिहासिक व्यापारिक नाका हो। मध्यकालको उत्तरार्द्धसम्म पनि यो ठाउँ प्रमुख व्यापारिक मार्ग र केन्द्रको रूपमा परिचित रहेको देखिन्छ। बहादुर शाहको नायबीकालमा भएको नेपाल-भोट युद्धमा भोटको सहायताको लागि यही बाटो हुँदै आएका चिनियाँ सेना नेपाललाई हराउँदै बेत्रावतीसम्म पुगेको इतिहासमा उल्लेख छ।चीनसँगको लडाइँका बेला नेपाली लडाकूले आफ्नो सुरक्षाका लागि यो गढी बनाएका थिए। ठूलाठूला ढुङ्गा कुँदेर बनाइएको अग्लो पर्खालमा शत्रुलाई निसाना लगाउन स-साना ४७ वटा प्वाल र ६० फिट लम्बाइ ६ फिट उचाइ र ६ फिट चौडाइको गढीमा बसेर नेपाली फौज आफू सुरक्षित रहदै चिनिया फौजसँग चार पटकसम्म लडाइँ लडेका थिए। यस गढीबाट लिन्दे र केरूङ नदीको सङ्गम भएर भोटेकोशी नदी बनेको सङ्गमस्थल नजिकै देख्न सकिन्छ।

मुख्य तथ्यहरू

प्रकार
fort wd
अवस्थिति
रसुवा जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
स्थापना
wd
निर्देशाङ्क
28.2778° N, 85.3778° E wd

नजिकका ठाउँहरू

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Rasuwa Fort · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): रसुवागढी · CC BY-SA 4.0
  3. Wikidata item Q13185283 · CC0 1.0
  4. Image: Rasuwa Fort 01.JPG by Krish Dulal (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"रसुवागढी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/rasuwa-fort?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख रसुवागढी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Rasuwa Fort 01.JPG — Krish Dulal, CC BY-SA 3.0.

← ठाउँहरू