
पाटन दरवार क्षेत्र
Patan Durbar Square
उपत्यकाका प्रसिद्ध तीन शहरहरूमध्ये पाटन सबैभन्दा पुरानो शहर मानिन्छ। प्राचीनकालमा यसलाई युपगपाटन दरबारको महत्त्वपूर्ण अङ्ग सुन्दरीचोक पनि एक हो। यहाँ नेवारी वास्तुकलाका अनुपम उदाहरणहरू देख्न सकिन्छ।
काठमाडौँ उपत्यकाका प्रसिद्ध तीन शहरहरूमध्ये पाटन सबैभन्दा पुरानो शहर मानिन्छ। प्राचीनकालमा यसलाई युपग्राम, यल, मनिङ्ल, ललितपत्तन, ललितापुरी आदि नामले पुकारिन्थ्यो । पाटन शहर बरदेवले स्थापना गराएका हुन् । प्राचीन पाटनको बीचमा रहेको पाटन दरबार क्षेत्र एक प्राचीन स्मारकको धरोहरका रूपमा छ । सत्रौँ शताब्दी देखिका कला र सांस्कृतिक सम्पदाले यो क्षेत्र सिँगारिएको छ । यो दरबार क्षेत्र केवल राजपरिवारको बासस्थानका रूपमा मात्र नरहेर तिनताकाको प्रशासनको मूलकेन्द्र पनि थियो । पाटन दरबारको जग यसैले हालेको भनी हालसम्म कसैले पनि ठोकुवा गर्न सकेको पाइँदैन। तथापि सन् १०२४-१०४० सम्मको अवधिमा लक्ष्मीकामदेवले गरेको भन्ने किंवदन्ती भने भेटिन्छ। वि. सं. १६७५ तिर पाटनका स्वतन्त्र राजा भएका सिद्धिनरसिंह मल्लले तत्कालीन मनिङ्गल राजप्रासादलाई विस्तार गर्नुका साथै कलाकृतिले सिँगारेका कुरा इतिहासले देखाउँछन्। उनले नै आफ्ना इष्टदेवता तलेजु भवानी को सानो मन्दिर पनि त्यहाँ बनाए। साथै देगुतले मन्दिरको पनि निर्माण गराए।
मुख्य तथ्यहरू
- प्रकार
- काठमाडौं wd
- अवस्थिति
- ललितपुर (city) › ललितपुर जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- क्षेत्रफल
- 5.3 ha wd
- सम्पदा मान्यता
- part of UNESCO World Heritage Site wd
- निर्देशाङ्क
- 27.6731° N, 85.3257° E wd
नजिकका ठाउँहरू
- ललितपुर जिल्ला — 1 km
- ललितपुर — 1 km
- दशरथ रंगशाला — 3 km
- सिंहदरवार — 3 km
- काठमाडौं जिल्ला — 3 km
- मध्यमाञ्चल विकास क्षेत्र — 3 km
स्रोतहरू
- Wikipedia (English): Patan Durbar Square · CC BY-SA 4.0
- Wikipedia (Nepali): पाटन दरवार क्षेत्र · CC BY-SA 4.0
- Wikidata item Q7144236 · CC0 1.0
- Image: Patan durbar square.jpg by Zulufive (CC0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"पाटन दरवार क्षेत्र". DigiNepal. Last updated 4 October 2026. https://diginpl.com/places/patan-durbar-square?lang=ne. Retrieved 21 October 2026.