DigiNepal
हिरण्यवर्ण महाविहार
Allie_Caulfield from Germany · CC BY 2.0

हिरण्यवर्ण महाविहार

Hiranya Varna Mahavihar

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

हिरण्यवर्ण महाविहार नेपालको ललितपुर जिल्लाको क्वाबहालमा अवस्थित लोकेश्वर को स्वर्ण जडित पेगोडा शैलीयुक्त विहार हो। तिनतल्ले हिरण्यवर्ण महाविहारको निर्माण राजा भाष्करदेव बर्माले १२ औँ शताब्दि तिर गराएका थिए। स्वर्ण जडित भएकोले अङ्ग्रेजीमा गोल्डेन टेम्पल(Golden Temple) र नेपाल भाषामा यसलाई क्वाःबहाः भनिन्छ। नेपालका बौद्धविहारमध्ये सुन्दर मानिने हिरण्यवर्ण महाविहार मा भगवान गणेशको बाहन मानिने मुसालाई दिनहुँ खाना खुवाउने प्रक्रिया चलिरहन्छ। यहँ सयौं मुसाका लागि कम्तीमा १० स्थानमा खाना (चामल) राख्नुपर्ने परम्परागत चलन रहिआएको छ। मन्दिरमा रहेका ती मुसालाई कुनै दिन खाना खुवाउन बिर्सियो भने यहाँका पूजारी (बाफाचा) लाई सञ्चो नहुनुका साथै मन्दिरको कुनै न कुनै वस्तु हराउँछ भन्ने मान्यता छ। मन्दिरको रोमाञ्चक पक्ष त विहारका मुसाहरू मन्दिरभित्र कहिल्यै मर्दैनन्, मर्नुपरेमा बाहिर देखिने ठाउँमा आइपुग्छन्।

मुख्य तथ्यहरू

प्रकार
मन्दिर wd
स्थापना
wd
निर्देशाङ्क
27.6752° N, 85.3246° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Hiranya Varna Mahavihar · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): हिरण्यवर्ण महाविहार · CC BY-SA 4.0
  3. Wikidata item Q5769439 · CC0 1.0
  4. Image: 2015-03-30 04-15 Nepal 926 Patan, Lalitpur, Golden Temple (16769604853).jpg by Allie_Caulfield from Germany (CC BY 2.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"हिरण्यवर्ण महाविहार". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/hiranya-varna-mahavihar?lang=ne. Retrieved 22 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख हिरण्यवर्ण महाविहार बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: 2015-03-30 04-15 Nepal 926 Patan, Lalitpur, Golden Temple (16769604853).jpg — Allie_Caulfield from Germany, CC BY 2.0.

← ठाउँहरू