
ललितपुर सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको बागमती प्रदेश अन्तर्गत १३ वटा जिल्लाहरु मध्येको ललितपुर जिल्ला काठमाडौँ उपत्यकाको दक्षिणी भेगमा अवस्थित छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र एवं प्रशिद्ध कृष्ण मन्दिर, अशोक स्तूप, महाबौद्ध, पाटन दरबार स्क्वायर, बंगलामुखी, विशंखुनारायण, कालेश्वर महादेवस्थान, बज्रबाराही, मछिन्द्रनाथ लगायत विभिन्न मठमन्दिर, पाटी–पौवा, स्तम्भहरु एवं सदर चिडियाखाना (जावलाखेल) तथा वनस्पति उद्यान रहनुले यस जिल्लाको प्रतिष्ठा नेपालको साथै विश्वमा समेत विस्तारीत हुन पुगेको छ । ऐतिहासिक र पुरातात्विक सम्पदाले भरिपूर्ण पाटन दरबार स्क्वायरलाई युनेस्कोले विश्व सम्पदा सूचिमा समावेश गरेको छ । भौगोलिक वनावट, हावापानी, वनजङ्गल, नदीनाला र ताल, विभिन्न जनजातिहरूको रहनसहन, भेषभूषा आदिको विविधताले गर्दा यस जिल्लाले विशिष्ट महत्त्व बोकेको छ ।।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका जिल्लाहरू wd
- अवस्थिति
- बागमती प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 551,667 (2011) wd
- क्षेत्रफल
- 350 km² wd
- निर्देशाङ्क
- 27.6667° N, 85.3167° E wd
भित्रका ठाउँहरू: ललितपुर जिल्ला
नजिकका ठाउँहरू
- पाटन दरवार क्षेत्र — 1 km
- ललितपुर — 2 km
- दशरथ रंगशाला — 3 km
- कीर्तिपुर नगरपालिका — 3 km
- सिंहदरवार — 4 km
- त्रिभुवन विश्वविद्यालय — 4 km
स्रोतहरू
- Wikipedia (English): Lalitpur District, Nepal · CC BY-SA 4.0
- Wikipedia (Nepali): ललितपुर जिल्ला · CC BY-SA 4.0
- Wikidata item Q1108338 · CC0 1.0
- Image: Clean- Lalitpur.jpg by मनास्लु (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"ललितपुर जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/lalitpur-district-nepal?lang=ne. Retrieved 21 October 2026.