DigiNepal

शिवसताक्षी नगरपालिका

Shivasatakshi Municipality

झापा जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

शिवसताक्षी नगरपालिका झापाका ८ वटा नगरपालिकाहरू मध्ये एक हो। यो नगरपालिका कोशी प्रदेशको झापा जिल्लामा अवस्थित छ। २०७१ मङ्सिर १६ मा, शिवगञ्ज, पाँचगाछी, सतासीधाम र धरमपुर गाविस सम्मिलित गरी शिवसताक्षी नगरपालिका घोषणा गरिएको थियो। जम्मा ११ एघार वटा वडामा विभाजन गरीएको यस नगरपालिकाको कुल क्षेत्रफल १४५।४८ वर्ग कि।मी। रहेको छ। यस नगरपालिकाको पूर्वमा कन्काइ नगरपालिका उत्तरमा इलाम जिल्ला पश्चिममा कमल गाउँपालिका र दक्षिणमा झापा गाउँपालिका र गौरीगंज गाउँपालिका रहेका छन्। सताक्षिधाम धार्मिक क्षेत्र, दोमुखा पर्यटकिय क्षेत्र, चिल्लागढ ऐतिहासिक साँस्कृतिक क्षेत्र लगायत विभिन्न मठ मन्दिर, गुम्बा तथा खोलानाला, नहर, कुलो, पोखरी, सिमसार क्षेत्र तथा हरिया वनहरुले यस नगरपालिकालाई शान्त, आकर्षक र रमणिय बनाएका छन ।अन्य नगरपालिकाहरुको तुलनामा विकासका पूर्वाधारहरु कम भएता पनि अत्याधिक सम्भावना बोकेको क्षेत्रको रुपमा यस नगरलाई लिईन्छ । नगरपालिकाको केन्द्र वडा नं. ७ स्थित ब्याङ्गडाँडामा रहेको छ । नगरपालिकाको प्रमुखमा मेघहाङ्ग थोप्रा (रोशन) तथा उप-प्रमुखमा नरमाया कार्की निर्वाचित हुनुभएको छ । जन प्रतिनिधिहरु निर्वाचित भै आए पश्चात नगर कार्यपालिकाले नगर कार्यपालिका कार्य विभाजन नियमावली, कार्य सम्पादन नियमावली लगायतका विभिन्न नियमावली र कार्यविधिहरु स्विकृत गरी त्यसैका आधारमा नगर कार्यपालिकाका दैनिक प्रशासनिक तथा विकासात्मक कार्यहरु संचालित छन ।

मुख्य तथ्यहरू

प्रकार
नेपालका नगरपालिकाहरू wd
अवस्थिति
झापा जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
क्षेत्रफल
90.2 km² wd
स्थापना
wd
आधिकारिक वेबसाइट
shivasatakshimun.gov.np wd
निर्देशाङ्क
26.6588° N, 87.8632° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Shivasatakshi Municipality · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): शिवसताक्षी नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q19684207 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"शिवसताक्षी नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/shivasatakshi-municipality?lang=ne. Retrieved 3 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख शिवसताक्षी नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू