
झापा जिल्ला (; नेपालको पूर्वाञ्चल विकास क्षेत्रको, मेची अञ्चलमा पर्ने अत्यधिक उर्वर तथा घना वस्ती भएको जिल्ला हो। यसको उत्तरी भाग पहाडी पर्वतमालाले सजिएको छ भने अतिरिक्त सम्पूर्ण भूभाग तराई पर्दछ । विसं २०६८ सालको जनगणना अनुसार यहाँको जनसङ्ख्या ८१,२६५० रहेको छ । यो जिल्लाको क्षेत्रफल १६०६ बर्ग कि.मी. रहेको छ । यो जिल्लाको पूर्वमा मेची नदीले भारतको पश्चिम बङ्गालसँग सिमाना छुट्याएको तथा यस जिल्लाको दक्षिणमा भारतको बिहार रहेको छ। उत्तरमा इलाम, पश्चिममा मोरङ जिल्ला रहेका छन् । यस जिल्लामा ३३ गाउँ विकास समितिहरू, ८ नगरपालिकाहरू, ७ संसदीय निर्वाचन क्षेत्रहरू, १७ इलाकाहरू, एवं १९३४ वस्तीहरू रहेका छन्। सन् २०१४ को मानव विकास समग्र सूचकाङ्कमा नेपालको दशौँ स्थानमा रहेको यस जिल्लाको सदरमुकाम चन्द्रगढी हो, जुन पूर्व पश्चिम राजमार्गको बिर्तामोडबाट १३ कि.मी. दक्षिणमा पर्दछ । नेपालको सबभन्दा होचो भू-भाग केचनाकवल -५८ मी. र नेपालको सबभन्दा लामो पक्की पुल कन्काई पनि यसै जिल्लामा पर्दछ। देशको केन्द्रीय राजनीतिमा मुख्य भूमिका खेल्दै आएको झापा जिल्ला खाद्यान्न उत्पादनको लागि पनि महत्त्वपूर्ण जिल्ला हो। यहाँका प्रमुख व्यापारिक सहरहरू बिर्तामोड नगरपालिका, दमक नगरपालिका र काकरभिट्टा हुन् । यस जिल्लाका प्रसिद्ध पर्यटकीय एवं तीर्थस्थलहरूमा कन्काई धाम कोटीहोम, अर्जुनधारा,जामुनखाडी सिमसार क्षेत्र, किच्चक वध, केचनाकवल, सतासीधाम, धनुषकोटी धामआदि पर्दछन् । झापाका प्रमुख नदी भनेर कनकाई नदी, बिरिङ नदी, रतुवा नदी मावा नदी, र मेची नदीलाई जानिन्छ ।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका जिल्लाहरू wd
- अवस्थिति
- कोशी प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 998,054 (2011) wd
- क्षेत्रफल
- 1,606 km² wd
- उचाइ
- 506 m wd
- आधिकारिक वेबसाइट
- ddcjhapa.gov.np wd
- निर्देशाङ्क
- 26.5333° N, 87.9333° E wd
भित्रका ठाउँहरू: झापा जिल्ला
नजिकका ठाउँहरू
- बिर्तामोड — 12 km
- बनियानी — 15 km
- चन्द्रगढी विमानस्थल — 15 km
- भद्रपुर नगरपालिका — 16 km
- गौरादह — 21 km
- मेचीनगर नगरपालिका — 25 km
स्रोतहरू
- Wikipedia (English): Jhapa District · CC BY-SA 4.0
- Wikipedia (Nepali): झापा जिल्ला · CC BY-SA 4.0
- Wikidata item Q28160 · CC0 1.0
- Image: Beautifulnepal.jpg by Janak Adhikary (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"झापा जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/jhapa-district?lang=ne. Retrieved 21 October 2026.