DigiNepal
भद्रपुर नगरपालिका
Dave O'Connor · Public domain

भद्रपुर नगरपालिका

Bhadrapur Municipality

झापा जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

भद्रपुर वा चन्द्रगढी पूर्वी नेपालको कोशी प्रदेशमा पर्ने झापा जिल्लाको एक नगरपालिका हो। यो नगरपालिका काठमाडौँ उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुर नगरपालिका र पूर्वी नेपालकै विराटनगरपछि वि.सं. २००८ सालमा स्थापना भएको नेपालको पाँचौ पुरानो र झापा जिल्लाको पहिलो नगरपालिका हो। भारतको बिहार र पश्चिम बङ्गालसँग सिमाना साझा गर्ने भद्रपुर तत्कालीन राणा शासनकालमा नै बजारको स्वरूप लिइसकेको थियो। भद्रपुरलाई तत्कालिन सरकार मन्त्रिपरिषदको विकास समितिले वि.सं. २०७१ साल मङ्सिर १६ गते गरेको निर्णय र वि.सं. २०७१ पुस २८ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार तत्कालिन महेशपुर र चन्द्रगढी गाविसलाई समावेश गरेर यो नगरपालिकाको क्षेत्र विस्तार गरेको थियो। नगरपालिका क्षेत्र विस्तारपछि झापा जिल्लाको सदरमुकाम चन्द्रगढी यसै नगरपालिकाभित्रको एक केन्द्रीय स्थल हो।

मुख्य तथ्यहरू

प्रकार
सहर, border city, नेपालका नगरपालिकाहरू wd
अवस्थिति
झापा जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
क्षेत्रफल
96.35 km² wd
उचाइ
91 m wd
आधिकारिक वेबसाइट
bhadrapurmun.gov.np wd
निर्देशाङ्क
26.5419° N, 88.0944° E wd

भित्रका ठाउँहरू: भद्रपुर नगरपालिका

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Bhadrapur Municipality · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): भद्रपुर नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q1751446 · CC0 1.0
  4. Image: Bhadrapur Airport in 1967.jpg by Dave O'Connor (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"भद्रपुर नगरपालिका". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/bhadrapur-municipality?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख भद्रपुर नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Bhadrapur Airport in 1967.jpg — Dave O'Connor, Public domain.

← ठाउँहरू