
मेचीनगर नगरपालिका
Mechinagar Municipality
झापा जिल्लामा रहेको एक नगरपालिका
मेचीनगर नगरपालिका पूर्वी नेपालको कोशी प्रदेशमा पर्ने झापा जिल्लाको पूर्वी भागमा अवस्थित एक नगरपालिका हो। झापा जिल्लाका दुई प्रमुख बजारहरू काँकडभिट्टा र धुलाबारीलाई वि.सं. २०५३ माघ ११ गते मिलाएर घोषणा गरिएको मेचीनगर पूर्वी नेपालको प्रमुख उद्योगिक तथा वाणिज्य केन्द्र हो। यस नगरपालिका अन्तर्गत रहेको काँकडभिट्टा नाका नेपालको भारत तथा बङ्गलादेशसँग व्यापार गर्ने एक प्रमुख नाका हो। वि.सं. २०७३ फाल्गुन २२ मा धाइजन, दुवागढी, बाहुनडाँगी र ज्यामिरगढी गाविसहरू समेत यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो। कुल १५ वडामा विभाजित यो नगरपालिकाको जनसङ्ख्या वि.सं. २०६८ सालको जनगणना अनुसार १,११,७३७ रहेको छ।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका नगरपालिकाहरू, border city wd
- अवस्थिति
- झापा जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 57,545 (2011) wd
- आधिकारिक वेबसाइट
- mechinagarmun.gov.np wd
- निर्देशाङ्क
- 26.6464° N, 88.1494° E wd
नजिकका ठाउँहरू
- काँकडभिट्टा — 1 km
- चन्द्रगढी विमानस्थल — 11 km
- भद्रपुर नगरपालिका — 13 km
- बिर्तामोड — 17 km
- कोल्बुङ — 20 km
- झापा जिल्ला — 25 km
स्रोतहरू
- Wikipedia (English): Mechinagar Municipality · CC BY-SA 4.0
- Wikipedia (Nepali): मेचीनगर नगरपालिका · CC BY-SA 4.0
- Wikidata item Q1520560 · CC0 1.0
- Image: Kakadvitta - panoramio.jpg by Nirmal Raj Joshi (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मेचीनगर नगरपालिका". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/mechinagar-municipality?lang=ne. Retrieved 21 October 2026.