विर्तामोड नेपालको कोशी प्रदेशको झापा जिल्लाको एक नगरपालिका हो। यो झापा जिल्लामा अवस्थित एउटा प्रसिद्ध व्यापारिक केन्द्र हो। पूर्व पश्चिम जोडने महेन्द्र राजमार्गमा पर्ने यो बजार झापा जिल्लाको सबैभन्दा महत्त्वपूर्ण वाणिज्य केन्द्र हो। बिर्तामोडलाई झापाको मुटुपनि भनिन्छ। २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा अनारमनी र चारपाने गाउँ विकास समितिहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा गरामनी गाविस यसमा गाभिएको थियो। प्राचिन कालको बिर्ता बजारलाई हाल अनारमनि भनिन्छ। बिर्ता बजारतिर मोडिने ठाउँ भएकोले यो ठाउँको नाम बिर्तामोड रहेको भएतापनि अहिले बिर्ता बजारको अस्तित्व पनि बिर्तामोडमा नै बिलिन भैसकेको छ।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती, नेपालका नगरपालिकाहरू wd
- अवस्थिति
- झापा जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- क्षेत्रफल
- 78.24 km² wd
- उचाइ
- 300 m wd
- आधिकारिक वेबसाइट
- birtamodmun.gov.np wd
- निर्देशाङ्क
- 26.6333° N, 87.9833° E wd
नजिकका ठाउँहरू
- चन्द्रगढी विमानस्थल — 12 km
- झापा जिल्ला — 12 km
- भद्रपुर नगरपालिका — 15 km
- मेचीनगर नगरपालिका — 17 km
- काँकडभिट्टा — 17 km
- कोल्बुङ — 20 km
स्रोतहरू
- Wikipedia (English): Birtamod Municipality · CC BY-SA 4.0
- Wikipedia (Nepali): बिर्तामोड · CC BY-SA 4.0
- Wikidata item Q4916985 · CC0 1.0
- Image: Birtamode city of jhapa district5.JPG by BRPever (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"बिर्तामोड". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/birtamod-municipality?lang=ne. Retrieved 21 October 2026.