
कन्काई धाम कोटीहोम
Kotihome
झापाको मुख्य धार्मिक स्थलो
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
कन्काई धाम (कोटीहोम) पूर्वाञ्चलको एउटा महत्त्वपूर्ण धार्मिक पर्यटन क्षेत्र हो । यो धाम नेपालको झापा जिल्लाको करिब मध्य भागमा पर्ने कनकाई नगरपालिकाको वार्ड नं ४ मा तथा प्रसिद्ध कनकाई नदीको पूर्वतटीय क्षेत्रमा अवस्थित छ । यसलाई कनकाई धाम, कोटीहोम, माईधाम, माई आदि नामले पनि जनिन्छ ।
मुख्य तथ्यहरू
- अवस्थिति
- झापा जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 26.6550° N, 87.8783° E wd
परिचय
विगत वि.सं. २०४२ सालमा राष्ट्रगुरु योगी नरहरिनाथको अगुवाईमा यहाँ एउटा बृहत् धार्मिक अनुष्ठान कोटिहोम महायज्ञ गरिएको थियो, त्यस पश्चात यस स्थानलाई कोटिहोम भनिन थालियो र पछि संस्थागत हुदै गएपछि कनकाईधामको रूपमा विकसित भयो । यस धार्मिक पर्यटन क्षेत्रको विकास कोषको लागि कनकाईधाम धार्मिक विकाससंस्था कोटिहोम सुरङ्गा नामक निकायले यहाँको विकासको लागि कार्य गरिरहेको भएपनि यहाँ अरु २ दर्जन जति साना ठूला सङ्घ-सस्थाहरूले आ-आफ्ना गतिविधि गरिरहेका छन् । कोटीहोममा २०४२ सालमा महायज्ञ गरिएको ठाउँमा रहेको अग्नि आज पर्यन्त अविछिन्न प्रज्वलित छ र सोही स्थानमा शिवपाञ्चायन मन्दिर रहेको छ । यस बाहेक यहाँ दर्जनौ पाटी,पौवा, गोत्र अनुसार बनेका मन्दिर धर्मशाला र अनेकौ देवी देवताका मन्दिरहरू अवस्थित छन् । यस धार्मिक परिसरमा हाल निर्माणाधीन उद्यान वाटिकाले यहाँ आउने जो सुकैले वास्तविक शान्ति र मनोरञ्जन प्राप्त गर्दछन् । कोटिहोममा बार्षिक पाँच लाख धार्मिक दर्शनार्थी तथा पर्यटक आउने गरेको संस्थाको रेकर्डबाट देखिन्छ । विशेष गरी यहाँ आउने मानिसहरु पूजा आजा, विवाह, व्रतबन्ध, पुराण आदि धार्मिक कार्य गर्न साथै दैनिक व्यवहारिक जीवनको अस्त व्यस्तता, शहरी कोलाहलपूर्ण वातावरणबाट मुक्ति पाउन, घुम्नको लागि यहाँ आउने चलन छ । यस बाहेक यो स्थान नेपालमा सबै भन्दा बढी थर गोत्रीय संस्थाहरू एकिकृत भएको धाम पनि यो मात्र हो । साथै योगी नरहरिनाथले नेपालमा लगाएका १०० भन्दा बडी कोटिहोम मध्ये यो तेह्रौँ कोटिहोम हो र महायज्ञ पश्चात् सबै भन्दा बढी विकसित भएको क्षेत्र पनि संभवत यही हो । यहाँको कनकाई नदी किनारको खुल्ला र शान्त तटीय क्षेत्र, हरियालिपूर्ण जंगल, नजिकै देखिने चूरे पहाडको मनोरम दृश्य, कनकाई नदीको स्नान योग्य स्वच्छ चीसो पानी र सर्वसुलव सुगमक्षेत्र भएको कारण सबैको मन जित्न सफल हुदै गए पनि संस्थाको सिमित्त साधन स्रोतको कारणले यहाँ पर्यटकहरूको लागि सुविधायुक्त भवनहरू निर्माण हुन थालेका छन् ।
नजिकका ठाउँहरू
- शिवसताक्षी नगरपालिका — 2 km
- श्री हरिकुल नमुना उच्च माध्यमिक बिद्यालय — 2 km
- सुरुङ्गा — 2 km
- सतासिधाम — 4 km
- घैलाडुब्बा — 6 km
- शिवगञ्ज — 8 km
स्रोतहरू
- Wikipedia (English): Kotihome · CC BY-SA 4.0
- Wikipedia (Nepali): कन्काई धाम कोटीहोम · CC BY-SA 4.0
- Wikidata item Q13179814 · CC0 1.0
- Image: Kotihom temple and garden.jpg by Kankai Dham (Kotihom) (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"कन्काई धाम कोटीहोम". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/kotihome?lang=ne. Retrieved 3 November 2026.