
सतासिधाम
Satasidham
झापा जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
सतासीधाम नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, झापा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २६,१७१ रहेको थियो जसमध्ये १२,०५८ पुरुष र १४,११३ महिला रहेका थिए भने यहाँ ६,०७२ घरधुरी रहेको थियो। यो झापा जिल्लाको शिवसताक्षी नगरपालिकामा पर्ने एक महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल समेत हो।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- झापा जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 26.6600° N, 87.8400° E wd
परिचय
झिलझिले बजारबाट करिब ४ कि. मी. उत्तर चुरेपहाडको फेदीमा इलामको सिमानासँग जोडिएको यस स्थानमा रहेका प्राकृतिक मूर्तिका स्वरुपहरु, भित्तामा रहेका गाईका थुन आकारका प्रतीकहरु, सतासी खोलाको एक स्थानको बीच भागमा करिब २० मिटरभित्र मात्र निस्कने गन्धक – पानी, फेदीमा रहेका अन्य मूर्तिहरूले पनि यो स्थान धार्मिक र प्राकृतिक दृष्टिले रोमाञ्चकारी रहेको छ । यहाँ जाने भक्तजनहरु आफ्नो मनोकांक्षा पूरा हुने विश्वासले पूजा आराधना गर्दछन् ।
सतासीधाममा प्रत्येक वर्ष बालाचतुर्दशीको दिन शतबीज छर्नको निम्ति दर्शनार्थीहरूको घुँइचों लाग्ने गर्दछ । यसलाई पवित्र धार्मिकस्थल मानिन्छ।
नजिकका ठाउँहरू
- शिवसताक्षी नगरपालिका — 2 km
- कन्काई धाम कोटीहोम — 4 km
- श्री हरिकुल नमुना उच्च माध्यमिक बिद्यालय — 6 km
- सुरुङ्गा — 6 km
- शिवगञ्ज — 8 km
- चुलाचुली — 10 km
स्रोतहरू
- Wikipedia (English): Satasidham · CC BY-SA 4.0
- Wikipedia (Nepali): सतासिधाम · CC BY-SA 4.0
- Wikidata item Q3422867 · CC0 1.0
- Image: Satashidham.jpg by Ozonesn (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सतासिधाम". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/satasidham?lang=ne. Retrieved 3 November 2026.