
रानी पोखरी काठमाडौँ नगरको मध्यमा अवस्थित एक मानव निर्मित पोखरी हो। ऐतिहासिक राष्ट्रिय सम्पदा रानीपोखरी काठमाडौँमा छ। यो सुन्दर पोखरीको पूर्वमा राणा प्रधानमन्त्री श्री ३ बीर शमशेर राणाले बनाएको घण्टाघर, राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेर राणालेबनाएको त्रि चन्द्र कलेज छ्न् भने पश्चिममा नेपालकै सबै भन्दा पुरानो विद्यालय दरबार हाईस्कूल रहेको छ। त्यस्तै उत्तरमा बिश्वज्योती सिनेमाघर छ भने दक्षिणमा रत्न पार्क छ। रानी पोखरीको बिचमा बालगोपाल महादेवको मन्दिर छ, यो मन्दिर वर्षमा एक दिन तिहारको भाइटिकाको दिनमा मात्रै खुल्ला हुन्छ। रानीपोखरीलाई वरीपरी फलामको बारले बारिएको छ। रानीपोखरीको बार भित्र ठूलो हाती र त्यस माथि राजा प्रतापमल्ल, रानी र छोराको मुर्ती स्थापित गरिएको छ।
मुख्य तथ्यहरू
- प्रकार
- जलासय, artificial pond wd
- अवस्थिति
- काठमाडौँ (city) › काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.7078° N, 85.3154° E wd
नजिकका ठाउँहरू
- असन — 0 km
- काठमाडौँ — 1 km
- काठमाडौं उपत्यका — 1 km
- हनुमान ढोका — 1 km
- धरहरा — 1 km
- वसन्तपुर दरवार क्षेत्र — 1 km
स्रोतहरू
- Wikipedia (English): Rani Pokhari · CC BY-SA 4.0
- Wikipedia (Nepali): रानी पोखरी · CC BY-SA 4.0
- Wikidata item Q5300315 · CC0 1.0
- Image: Rani Pokhari 2020-IMG 0226.jpg by Bijay Chaurasia (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"रानी पोखरी". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/rani-pokhari?lang=ne. Retrieved 21 October 2026.