DigiNepal
बागेश्वरी मन्दिर, नेपालगञ्ज
Binod Basnet · CC BY-SA 4.0

बागेश्वरी मन्दिर, नेपालगञ्ज

Bageshwori Temple

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

बागेश्वरी मन्दिर नेपालगन्जमा रहेको एक प्रसिद्ध मन्दिर हो। बाँके जिल्लाको नेपालगन्ज घरबारी टोल २ मा अवस्थित यस मन्दिर रहेको स्थानमा सतिदेवीको जीव्रो पतन भएको विश्वास गरिन्छ। सती देवीको ५१ शक्तिपिठ मध्य बागेश्वरीलाइ पनि एक मानिन्छ। सतीदेवीको जीव्रो पतन भएकोले पहिले बाक्यश्वरी, बाग्यश्वरी हुँदै बागेश्वरी नाम रहन गएको जनश्रुती छ। यहाँ पशुपति जान आएका बाबा र चेलाले रात बिताएको र सपनामा देवीले आफ्नो थान उक्त स्थानमा रहेको बताएपछि उक्त स्थानको पहिचान भएको थियो। खोज्दै जादा खाल्डो भएको ठाउँ देवीको थान भएकोले त्यसैलाइ आधार मानी मन्दिर स्थापना गरिएको थियो। सोहि खाडलमा अहिले पनि खुला दर्शन गराउने गरिन्छ।

मुख्य तथ्यहरू

प्रकार
मन्दिर wd
अवस्थिति
राजविराज नगरपालिका (municipality of Nepal) › सप्तरी जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.0617° N, 81.6238° E wd

परिचय

यस स्थानमा सर्वप्रथम किन्नरगणहरूले पूजा-आराधना गरेको मानिन्छ। मुख्य पुजारी मन्दिर स्थपना गर्दा बाबासँगै आएका चेलाको पुस्ता रहेकोछ। अहिले २४औँ पुस्ता चन्द योगी रहेका छन्। मन्दिर स्थापना गर्ने बाबाको समाधि पिपल बोट छेउमा छ। दशैमा सप्तमी, अष्ठमी, नवमीमा ठुलो भिड हुनेगर्छ। सप्तमीमा फुलपाती भित्राउने काम सेना प्रहरीले गर्छन्। अष्ठमीमा बली दिने गरिन्छ। दशैको दशौ दिनसम्म भिड हुन्छ। तिज, शिवरात्री, जनैपूणिर्मा, तिहार सबै हिन्दु पर्वमा भिड हुनेगर्छ।

माता बागेश्वरीमा भकल गरी पुजा विधि गरे मागेको पुरा हुने विश्वास गरिन्छ। ठुलो तलाउको नजिकै रहेको यो मन्दिर नयाँ मुलुकका रूपमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालमा गाभिएपछि मात्रै पत्ता लागेको हो। यो मन्दिर २०२५, २०३३ पछि धेरै पटक पुर्ण निर्माण गरेर भव्य स्वरुप पाएकोछ। अहिले तामाले छाएको निकै ठुलो आकर्षक प्यागोडा शैलीको मन्दिर छ। छेउछाउमा मण्डप, शनी मुर्ती, गणेश मुर्ति, नाग मुर्ती, रामसिता मन्दिर, हनुमान मन्दिर, राधाकृष्ण मन्दिर रहेकोछ। मन्दिरको छेउमा सिद्ध पोखरी रहेकोछ। जसको बिचमा महादेवको मन्दिर रहेकोछ। जुघा भएको महादेवको एकमात्रै मन्दिर उक्त पोखरीमा रहेकोछ।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Bageshwori Temple · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): बागेश्वरी मन्दिर, नेपालगञ्ज · CC BY-SA 4.0
  3. Wikidata item Q13183892 · CC0 1.0
  4. Image: Bageshwori Temple Nepal 03.jpg by Binod Basnet (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"बागेश्वरी मन्दिर, नेपालगञ्ज". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/bageshwori-temple?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख बागेश्वरी मन्दिर, नेपालगञ्ज बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Bageshwori Temple Nepal 03.jpg — Binod Basnet, CC BY-SA 4.0.

← ठाउँहरू