
राजविराज नेपालको मधेश प्रदेश को सप्तरी जिल्लामा रहेको नगरपालिका हो। टाउन प्लानिङ गरेर बसाइएको राजविराज नगरपालिका तराईको सबैभन्दा पहिलो र नेपालको चौथो नगरपालिका हो। वि.सं. १९९४ तिर सप्तकोशी नदीले पुरानो सदरमुकाम हनुमाननगरलाई कटान गर्न थाले पछि सदरमुकाम अन्यत्र सार्न उपयुक्त ठाउँको खोजी हुन थाल्यो। तत्कालीन बडाहाकिम प्रकाश शमशेर जबराले उपयुक्त ठाउँ खोजेर सहर बसाउने जिम्मेवारी ख्याति प्राप्त इन्जिनियर डिल्लीजङ्ग थापालाई सुम्पेका थिए। उनले आफ्नो जमीनन्दारी मौजा रहेको जोलहरी मलेठ गाउँ नजीकैको राजपुर मौजामा सदरमुकाम बसाउने निधो गरे। त्यस बेला सुन्दर सहरको रूपमा प्रसिद्धि पाएको भारतको जयपुर सहरको नक्सा बमोजिम टाउन प्लानिङ गरी वि.सं.१९९८ मा राजविराज शहर बसाइयो। २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्र विस्तार गर्दा मलेठ, बोरिया (३-७), फर्सेठ, हरिहरपुर (६), विषहरिया, को मध्येपुरा (४-७), देउरी भरुवा र दिघवा गाविसहरू यसमा गाभिएका थिए।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका नगरपालिकाहरू, border city wd
- अवस्थिति
- सप्तरी जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 37,738 (2011) wd
- क्षेत्रफल
- 55.64 km² wd
- उचाइ
- 76 m wd
- स्थापना
- wd
- निर्देशाङ्क
- 26.5394° N, 86.7483° E wd
नजिकका ठाउँहरू
- सप्तरी जिल्ला — 5 km
- कोइलाडी — 9 km
- छिन्नमस्ता(सप्तरी) — 10 km
- बनौली — 14 km
- खडगपुर — 16 km
- त्रियुगा नगरपालिका — 28 km
स्रोतहरू
- Wikipedia (English): Rajbiraj · CC BY-SA 4.0
- Wikipedia (Nepali): राजविराज नगरपालिका · CC BY-SA 4.0
- Wikidata item Q2463109 · CC0 1.0
- Image: Gajendra Chauk.jpg by Subhmanish (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"राजविराज नगरपालिका". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/rajbiraj?lang=ne. Retrieved 21 October 2026.