
राजदेवी मन्दिर, राजविराज
Rajdevi Temple
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
राजदेवी मन्दिर सप्तरी जिल्लाको सदरमुकाम राजविराजको राजदेवी टोलमा पर्छ। प्राचीन इतिहास बोकेको यस मन्दिरको नामबाटै राजविराज नगरको नाम राखिएको हो। राजदेवी मन्दिर भित्र रहेको भगवतीलाई सेन वंशको इष्टदेवी मानिन्छ। राजदेवी मन्दिर यहाँ रहनुको प्रमुख कारण यहाँ सेन राजाहरूको कचहरी, किल्ला र दरवार रहनु हो । यस मन्दिरमा रहेको भगवतीलाई मनोकामना पूरा गर्ने देवी मानिएको हुॅदा नेपाल र भारतका आमजनमानसको ठुलो आस्था रहेको छ। यस मन्दिरमा हिन्दुहरूको महान चाड दशैँमा ठुलो घुइँचो लाग्ने गरेको छ र यहाँ बोकाको बलि दिने गरिन्छ ।
मुख्य तथ्यहरू
- प्रकार
- मन्दिर wd
- अवस्थिति
- सप्तरी जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 26.5406° N, 86.7486° E wd
नजिकका ठाउँहरू
- राजविराज नगरपालिका — 0 km
- मलेठ — 2 km
- फर्सेथ — 2 km
- राजविराज विमानस्थल — 3 km
- जमुनिमध्येपुरा — 3 km
- भोक्रहा — 3 km
स्रोतहरू
- Wikipedia (English): Rajdevi Temple · CC BY-SA 4.0
- Wikipedia (Nepali): राजदेवी मन्दिर, राजविराज · CC BY-SA 4.0
- Wikidata item Q21092001 · CC0 1.0
- Image: Rajdevi temple shirshak baniya.jpg by Shirshakbaniya (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"राजदेवी मन्दिर, राजविराज". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/rajdevi-temple?lang=ne. Retrieved 3 November 2026.