DigiNepal
खास्टे ताल
(AmRit GhiMire RanJit (talk)) · CC BY-SA 3.0

खास्टे ताल

Khaste Lake

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

खास्टे ताल नेपालमा कास्की जिल्ला भित्र लेखनाथ नगरपालिकाका सात ताल मध्य एक ताल हो।

मुख्य तथ्यहरू

प्रकार
तलाउ wd
निर्देशाङ्क
28.1944° N, 84.0500° E wd

परिचय

यो ताल नगरपालिकाको ४ नं. वडा खराने फाँट भित्र अवस्थित छ। लेखनाथ नगरपालिकाको तेस्रो ठूलो तालको रूपमा खाष्टे ताल रहेको छ। यस तालको क्षेत्रफल १३.५७ हेक्टर रहेको छ । यस तालले नगरपालिकाको ०.१७% भाग र ताल क्षेत्रको २.९% भाग ओगटेको छ।पोखरालाई रामसार क्षेत्रमा सूचिकरण पश्चात यस क्षेत्रको संरक्षणमा चासो बढेको देखिएको छ।

लेखनाथ नगरपालिकाको ४ नं. वडाभित्र सिमाबद्ध भएको यस तालबाट हालका अवस्थासम्म बेगनास र रुपा तालबाट जतिको उपयोगिता नगरबासीहरूले लिन सकिरहेका छैनन्। यो ताल बेगनास ताल भन्दा २७ गुणा र रुपा तालभन्दा ८.४ गुणा सानो छ भने दिपाङ्ग ताल, गुँदे ताल, न्युरेनी ताल र मैदी ताल भन्दाक्रमस:१.५१,२.७२, ४.७९, ११.५१ गुणा ठुलो छ । यो ताल बेगनास, रुपा, मैदी, दिपाङ्ग भन्दा पश्चिममा गुँदे भन्दा पूर्वमा र न्युरेनी तालसंगै रहेको छ।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Khaste Lake · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): खास्टे ताल · CC BY-SA 4.0
  3. Wikidata item Q18342275 · CC0 1.0
  4. Image: Khste.jpg by (AmRit GhiMire RanJit (talk)) (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 6 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"खास्टे ताल". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/khaste-lake?lang=ne. Retrieved 7 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख खास्टे ताल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Khste.jpg — (AmRit GhiMire RanJit (talk)), CC BY-SA 3.0.

← ठाउँहरू