DigiNepal
बज्रयोगिनी
Pratap Baniya · CC BY-SA 4.0

बज्रयोगिनी

Bajrayogini

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

बज्रयोगिनी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, काठमाडौँ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४३३३ रहेको थियो जसमध्ये २०८६ पुरुष र २२४७ महिला रहेका थिए भने यहाँ ९२८ घरधुरी रहेको थियो। यो वर्तमान शङ्खरापुर नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती wd
अवस्थिति
काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.7400° N, 85.4600° E wd

परिचय

यसको साविकको १-६ वडाहरू शङ्खरापुर नगरपालिकाको वडा नम्बर ७ हो भने ७-९ नम्बर वडाहरू वडा नम्बर ८ हो।

काठमाडौँ जिल्लाको उत्तरी भेगमा पर्ने मणिचुड पर्वतको दुई पहराको विचमा देवी स्थापना गरी निर्माण गरिदिएको मन्दिर भगवान बुद्धको तपस्याबाट प्रसन्न भई प्रस्तरह रूपमा प्रकट भएकी पार्वती नै बज्रयोगिनी हुन भन्ने आख्यान पाइन्छ। यहाँ बौद्ध र हिन्दु परम्परानुसार देवीको पूजा गरिन्छ। उपत्यका र वरिपरि जिल्लाका भक्तजनले तान्त्रिक देवीको रूपमा बज्रयोगिनीको आराधना गर्छन्। मन्दिरमा बज्रयोगिनी, उग्रतारा, सिंहबाहिनीका मूर्तिहरू देख्न सकिन्छ। नेपालको एक प्राचीन सहर साँखु यसै गाविसमा पर्दछ।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Bajrayogini · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): बज्रयोगिनी · CC BY-SA 4.0
  3. Wikidata item Q4848947 · CC0 1.0
  4. Image: Typical Nepali House Bajrayogini Saankhu.jpg by Pratap Baniya (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"बज्रयोगिनी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/bajrayogini?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख बज्रयोगिनी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Typical Nepali House Bajrayogini Saankhu.jpg — Pratap Baniya, CC BY-SA 4.0.

← ठाउँहरू