DigiNepal

सिम्ली

Simli

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

सिम्ली नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रुकुम जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५३१६ रहेको थियो जसमध्ये २४५७ पुरुष र २८५९ महिला रहेका थिए भने यहाँ १०४४ घरधुरी रहेको थियो। यो हाल सानीभेरी गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
आधिकारिक वेबसाइट
ddcrukum.gov.np wd
निर्देशाङ्क
28.6500° N, 82.3500° E wd

परिचय

यसको साविकका ३-५ वडाहरू सानीभेरी गाउँपालिकाको वडा नम्बर ७ हो भने २,६,७ वडाहरू वडा नम्बर ८ र १,८,९ वडाहरू वडा नम्बर ९ हो।

विकट पहाडी जिल्ला रुकुमको सदरमुकाम मुसिकोट देखि ५कोष टाढा रहेको गाविस पनि ४३ गाविस मध्येको एक हो। यो गाविसको पूर्वमा छिवाङ्ग पश्चिममा पूर्तिमकाँडा तथा रुकुमकोट उत्तरमा गरायला र दक्षिणमा अर्मा र खोलागाउँ गाविसको बीचमा रहेको छ। काँडा गाविस राजनीतिक विभाजन अनुसार निर्वाचन क्षेत्र नं। २ र इलाका नं। ९मा पर्दछन्। पहाडी भू-भागमा रहेको यस गाउँ विकास समितिले आफ्नै ऐतिहासिक भौगोलिक धार्मिक राजनीतिक एवं सामाजिक महत्त्व र विशेषता बोकेको छ।

यस गाविसको ऐतिहासिक पॄष्ठ भूमिलाई खोतल्दा कुनै पौरानिक िकंवदन्ति नभएतापनि त्यहाँका जानकार तथा बुढापाका ब्यक्तिहरूका अनुसार सिम्ली नाम रहनुको पछाडी सोही गाविसको वडा नं। १मा सिम्सार क्षेत्र अर्थात सिमले धेरै जसो भाग ओगटेको हुनाले सिम रले मिश्रणबाट सिमले भनिएको पछि अपभ्रसं भई सिम्ली नाम रहन गएको भन्ने भनाई रहेको छ। यस गाविसको धेरै जसो वडाहरू तत्कालिन अर्मा गाउँ पाचायत र केही वडाहरू छिवाङ गाउँ पाचायत अन्तरर्गत रहेकोमा २०३९ सालमा गाउँ पाचायतलाई ब्यवस्थि तगर्ने क्रममा सिम्ली गाउँ पाचायत भनेर छुट्टै स्थापना गरियो। यस गािवस रुकुम जिल्लाको मानचित्रमा अन्य गाविसको क्षेत्रफलको तुलनामा कमै रहेका छ।

रुकुम जिल्लामा रहेको सानो भेरी नदिको किनारमा अवस्थित यो गाविस भौगोलिक अवस्थिति अनुसार सिम्ली गाविस २८ डिग्री ३८ मिनेट देखि २८ डिग्री ४१ मिनेट उत्तरी अक्षांशको बीचमा र ८२ डिग्री १९ मिनेट देखि ८२ डिग्री देखि २४ मिनेट पूर्वी दशान्तरमाभित्र पर्दछ। यस गाविसको भौगोलिक वनावटको आधारमा पहाडी भाग र ज्युला बेसी गरी दुई भागमा विभाजन गरिएको पाइन्छ। यस गासिको मुख्य स्थान तर कम क्षेत्र रहेको ज्युलामा िसंचित क्षेत्र वढी र उत्पादनको दृष्टिमा महत्त्वपूर्ण मानिन्छ। नरम र बलौटे माटो भएको हुँदा तरकारी खेतीको लागि अति उत्तम मानिन्छ। पहाडी भागमा मकैगहुँजौं कोदो फापर आलु दलहन तेलहन बाली राम्रो उत्पादन हुन्छ। यहाँको प्रमुख पेशा कृषि तथा पशुपालन हो भने केही सरकारी रोजगाररी एवं वैदेशिक रोजगारीमा पनि संलग्न रहेका छन्।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Simli · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सिम्ली · CC BY-SA 4.0
  3. Wikidata item Q3415323 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सिम्ली". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/simli?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सिम्ली बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू