
साँखर
Sankhar
शहर
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह (गाउँपालिका तथा नगरपालिका) लागू गर्दा स्याङ्जा जिल्लामा साँखर, पकवादीको वडा नं. ८, मल्याङकोटको वडा नं. (१-३,५-९) र सेखाम गाउँ विकास समितिहरूलाई समेटेर चापाकोट नगरपालिका घोषणा गर्यो । साँखरलाई चापाकोटमा समायोजन गरिएसंगै ९ वडामा विभाजित साँखर अहिले चापाकोटको २ वडामा समेटिएको छ । साबिक साँखरका (१ देखि ६) वडाहरूलाई चापाकोटको वडा नं. ६ र (७ देखि ९) वडाहरूलाई नगरपालिकाको वडा नं. ७ मा गाभिएको छ । यसको साविकका १-६ वडाहरू चापाकोट नगरपालिकाको वडा नम्बर ६ हो भने ७-९ वडाहरू वडा नम्बर ७ हो।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती wd
- अवस्थिति
- चापाकोट (municipality of Nepal) › स्याङ्जा जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.8965° N, 83.9215° E wd
परिचय
साँखर, नेपालको गण्डकी अञ्चलको स्याङ्जा जिल्लाको एक गाउँ विकास समिति थियो । साँखर गाविसको गाविस कार्यालय वडा नं ७ पटसार मा अवस्थित थियो । नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार साँखरको कुल जनसङ्ख्या ४,६३० मध्ये २,६४८ महिला र १,९८२ पुरुषहरू १,०५५ व्यक्तिगत घरहरूमा बसोबास गर्दछन ।
कालीगण्डकी नदीको तटमा पर्ने केलादीघाटमा नेपालकै प्राचीन राधाकृष्ण मन्दिर अवस्थित छ । यस मन्दिरमा अखण्ड भजन कृतन चलिरहन्छ । यहाँ वैदिक धर्म अनुसार हरेक दिन हवन चलिरहन्छ । यहाँ श्रीकृष्ण जन्माष्टमीमा भब्य उत्सव मनाउने गरिन्छ । यस दिन थुप्रै भक्तजनहरू लाई मिष्टान्न तथा भोजन गराइन्छ । माघे सक्रांतिको अवसर मा धार्मिक प्रवचन कार्यक्रम सञ्चालन हुन्छ । यहाँ दुईवटा बृद्धाआश्रम रहेका छन। यो मन्दिर देखि २०० मिटरको दुरीमा रहेको कालीगण्डकी नदीमा वैशाख सङ्क्रान्ति, हरितालीका तिज, हरिबोधनी एकादशी र माघे सङ्क्रान्तिका अवसरहरूमा पवित्र नदी नुहाउने श्रदालु भक्तजनहरूको घूइंचो लाग्नुका साथै ठुलो बजार लाग्छ । हरितालीका तिजको अवसरमा तीजगीत प्रतियोगिता तथा लाखे नाच, हरिबोधनी एकादशीमा तोरण तार्ने र माघे संक्रान्तिका अवसरमा धार्मिक तथा सास्कृतिक कार्यक्रमहरू हरेक वर्ष आयोजित गरिन्छन ।
रामजानकीको मन्दिर रहेको रामघाटधाम पवित्र तिर्थस्थलमा रामनवमीमा ठुलो मेला (बजार) लाग्छ । यसै दिन यो रामघाट क्षेत्रमा सेती नदीको पानी कालीगण्डकी नदी सँग मिसिन्छ भन्ने उल्लेख हिन्दू धर्म शास्त्रहरूमा गरिएको छ ।
साँखर गाउँ विकास समितिको वडा नं ३, खार्दीमा रहेको चमेरे गुफा पर्यटकीय दृस्टिले महत्त्वपूर्ण भूमिका खेल्दछ । यद्यपि यसमा राष्ट्रिय दृष्टीकोण भने नपरेको देखिन्छ । साँखरको काखमा रहेको वडा नं ६ र ८ को उर्वरा मजुवा फाटले यस क्षेत्रलाई आर्थिक रूपले सुदृढ पार्दछ । हाल यो फाँट बाक्लो बस्तिमा रूपान्त्रित भैरहेको छ । केलादीघाटमा निर्मित केलादीघाट पुलले साँखर तथा यस क्षेत्र वरपरको दिगो…
नजिकका ठाउँहरू
- भट्टराई डाँडा — 2 km
- सेखाम — 5 km
- घिरिङ गाउँपालिका — 6 km
- गजरकोत — 6 km
- दार्चा — 6 km
- गदकोत — 7 km
स्रोतहरू
- Wikipedia (English): Sankhar · CC BY-SA 4.0
- Wikipedia (Nepali): साँखर · CC BY-SA 4.0
- Wikidata item Q7402923 · CC0 1.0
- Image: Sankhar view from Gandakidhik.jpg by Pitambarbhattarai (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"साँखर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/sankhar?lang=ne. Retrieved 3 November 2026.