DigiNepal
स्याङ्जा जिल्ला
Pitambar Bhattarai · CC BY-SA 4.0

स्याङ्जा जिल्ला

Syangja District

नेपालको एक जिल्ला

Read in English · हिंदी में पढ़ें

स्याङ्जा जिल्ला नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने गण्डकी अञ्चलमा अवस्थित एक पहाडी जिल्ला हो । यस जिल्लाको सदरमुकाम स्याङ्जा हो । राजनीतिक विभाजनका आधारमा यस स्याङ्जा जिल्लामा विगतका ६० गा.वि.स सहित समायोजन गरी ५ नगरपालिका र ६ गाउँपालिका छन्।्याङजा जिल्ला, बिश्व प्रसिद्दस्थल लुम्विनी र पर्यटकिय नगरी पोखराको बिचमा पर्ने सुन्दर र रमणिय स्थलहरूले भरिपूर्ण जिल्ला हो । जम्मा १,१६४ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो जिल्लालाई कोटै कोटको जिल्ला समेत भन्ने गरिन्छ । नुवाकोट, सतौंकोट, भिरकोट, गह्रौकोट, कालिकाकोट, बहाकोट, चन्द्रकोट, गिरकोट, कोल्माकोट, सिर्सेकोट, खैरीकोट ईत्यादी यहाँका प्रमूख कोटहरु हुन् । यस जिल्लामा नेपालको पहिलो नमूना पर्यटकीय गाउँ शिरुवारे, पुरूषोत्तम भगवान रामका पिता दशरथसंग जोडिएको अन्धाअन्धी दह र आधीखोला, संसारकै ठुलो मानिएको शालिग्राम शिला, शाहवंशको शुरुवाती राज्य भिरकोट, कुलदेवी आलम देबी, स्वस्थानी ब्रत कथामा बर्णित सतिदेवीका बाँकी अंगहरु पतन भएको क्षेत्र छायाँक्षेत्र, ऐतिहासिक राजा रजौटाका दरवार तथा भग्नवशेष, हिउँ पर्ने पञ्चासेको लेक, भित्री मधेशलाई बिर्साउने अन्न भण्डार क्रमशः गण्डकबेशी, चापाकोट, कुवाकोट र रत्नपुर फाँट पर्दछन् । यस जिल्लामा विभिन्न धर्म तथा जातजातिका विविध संस्कृति भएका मानिसहरूको बसोबास छ । ३ नगरपालिका र ५७ गाविसमा बिभाजित स्याङजा जिल्लाको प्रमूख खोला आँधीखोला हो भने प्रमूख नदि कालीगण्डकी हो । ब्यापारीक हिसावले ठूलो र घनावस्ती रहेका ठाउँहरु स्याङ्जा बजार र वालिङ बजार हुन् । यस जिल्लाको मध्य भागबाट सिद्दार्थ राजमार्ग निर्माण गरिएको छ भने हाल आएर प्रत्येक गाउँ सम्म पुग्नका लागि कच्ची सडक खनिएको छ। यो जिल्ला सुन्तला, अदुवा, अलैंची तथा कफी जस्ता नगदेबालीका लागि प्रसिद्ध छ र यहाँ उत्पादित कृषिजन्य वस्तुहरु देश बिदेशमा समेत निर्यात हुने गरेको पाईन्छ । यस जिल्लालाई देशकै शिक्षित जिल्लाको रूपमा चिनिन्छ । यहाँका अधिकाँश शिक्षित वासिन्दाहरु नेपाल सरकारको निजामति सेवा अन्तर्गतका उच्च ओहोदामा पुगी देश सेवामा जुटेका भेटिन्छन् भने युवाहरु देश बिदेश पुगी रोजगारीमा संलग्न रहेका छन् । स्याङजा जिल्ला विविध जाती, धर्म र समुदायको संगमस्थल पनि हो ।

मुख्य तथ्यहरू

प्रकार
नेपालका जिल्लाहरू wd
अवस्थिति
गण्डकी प्रदेश (province of Nepal) wd
जनसंख्या
253,024 (2011) wd
क्षेत्रफल
1,164 km² wd
आधिकारिक वेबसाइट
ddcsyangja.gov.np wd
निर्देशाङ्क
28.0969° N, 83.8219° E wd

भित्रका ठाउँहरू: स्याङ्जा जिल्ला

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Syangja District · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): स्याङ्जा जिल्ला · CC BY-SA 4.0
  3. Wikidata item Q28448 · CC0 1.0
  4. Image: Biruwa, Gabudanda.jpg by Pitambar Bhattarai (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"स्याङ्जा जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/syangja-district?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख स्याङ्जा जिल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Biruwa, Gabudanda.jpg — Pitambar Bhattarai, CC BY-SA 4.0.

← ठाउँहरू