DigiNepal
वालिङ नगरपालिका
Pitambar Bhattarai · CC BY-SA 4.0

वालिङ नगरपालिका

Waling

स्याङ्जा जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

वालिङ नेपालको गण्डकी प्रदेशमा रहेको स्याङ्जा जिल्लाको मध्य क्षेत्रमा फैलिएको, आँधिखोलाको किनारमा पर्ने मुख्य वाणिज्य केन्द्र तथा नगरपालिका हो। वालिङ नगरपालिका, जिल्ला सदरमुकाम पुतलीबजारबाट २० किलोमिटर टाढा रहेको छ। साविकको वालिङ, धनुवासे र पेखुबाघखोर गाउँ विकास समितिगाविसलाई गाभेर वि.सं. २०५३ माघ ११ गते यस नगरपालिकाको गठन भएको थियो। वि.सं. २०७३ साल फाल्गुनमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा स्याङ्जा जिल्लामा मा साविकको वालिङ नगरपालिका, एलादी, केवारे भञ्ज्याङ, जगत भञ्ज्याङ, छाङछाङ्दीको (१,४-६) वडाहरू, तीनदोबाटेको (२-५) वडाहरू, मल्याङकोटको वडा नं. ४, कालिकाकोटको (१,२,९) वडाहरू, सिर्सेकोट, पेलाकोटको (५,६) वडाहरू, स्वरेकको (२-४,८) वडाहरू र माझकोट शिवालय गाउँ विकास समितिहरूलाई समेटेर वालिङ नगरपालिकाको क्षेत्र विस्तार गरिएको हो। जिल्लाकै मध्यभागमा रहेको यस नगरपालिकाको मध्य भागबाट ऐतिहासिक खोला आँधिखोला बगेको छ भने पर्यटकीय नगरी पोखरा र ऐतिहासिक स्थल लुम्बिनीलाई जोड्ने राष्ट्रिय राजमार्ग सिद्धार्थ राजमार्गले काटेर गएको छ। नक्साको आकार हेर्दा चरा जस्तो देखिने वालिङ नगरपालिका समुद्र सतहबाट ७३१ मिटर देखि १,५९६ मिटर उचाइसम्म रहेको छ। वालिङ नगरपालिकामा १४ वडाहरू रहेका छन्।

मुख्य तथ्यहरू

प्रकार
नेपालका नगरपालिकाहरू wd
अवस्थिति
स्याङ्जा जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
स्थापना
wd
आधिकारिक वेबसाइट
walingmun.gov.np wd
निर्देशाङ्क
27.9889° N, 83.7675° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Waling · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): वालिङ नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q1835785 · CC0 1.0
  4. Image: Syangja district local levels.svg by Pitambar Bhattarai (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"वालिङ नगरपालिका". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/waling?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख वालिङ नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Syangja district local levels.svg — Pitambar Bhattarai, CC BY-SA 4.0.

← ठाउँहरू