रुँघा
Rugha
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
रुघा, पश्चिम रुकुम नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रुकुम जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४२३३ रहेको थियो जसमध्ये १९२४ पुरुष र २३०९ महिला रहेका थिए भने यहाँ ८०५ घरधुरी रहेको थियो। यो हाल त्रिवेणी गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- रुकुम जिल्ला (district of Nepal) › राप्ती अञ्चल (zone of Nepal) › मध्य-पश्चिमाञ्चल विकास क्षेत्र (development region of Nepal) wd
- आधिकारिक वेबसाइट
- ddcrukum.gov.np wd
- निर्देशाङ्क
- 28.5600° N, 82.4700° E wd
परिचय
यसको साविकका १,६-९ वडाहरू त्रिवेणी गाउँपालिकाको वडा नम्बर १ हो भने २-५ वडाहरू वडा नम्बर २ हो।
रुँघा गाविस रुकुम जिल्ला निर्वाचन क्षेत्र नं। १ इलाका नं। १मा पर्दछ। आफ्नै मौलिक किसिमको भौगोलिक राजनीतिक सामाजिक र सांस्कृतिक महत्त्व एवं विशेषता बोकेको यस गाविसमा क्षेत्री जातीको बाहुल्यता भएपनि यहाँका मगर ठकुरी कामी दमाई ब्रहमण गिरीसुनार जातीहरू एउटै किसिमले चाडपर्वहरू मनाउने गर्दछन्। यस गाविसका प्रमुख धार्मिक स्थलका रूपमा गोसाईंथान माइभगवती मन्दिर छन् भने दमाहा झ्यालीनरिसंहा सहनाई मादल ट्याम्पो बाँसुरी मुरली आदि लोकवाजाहरू पनि यस गाविसका पहिचान नै हुन्। िसंगारु नाँच मयुर नाँच पैसेरी नाँच रत्यौली नाँच रुँघाका प्रसिद्ध नाँचहरू हुन्। भौगोलिक वनावटका आधारमा यो गाविस पहाडी भाग र ज्यूला वेशी गरी दुई भागमा रहेको छ।
स्थानीय वासीका अनुसार हाल यस गाविसको वडानं। १मा धेरै वर्ष अगाडि पानीको मुहान रहेको र जसलाई रुँघा रूपसे पानी भनेर भनिन्थ्यो र यही पानी मुहानको नाम रुँघाबाट अपभ्रंस भई रुँघा नामाकरण भएको हो। २०१५ सालमा रुँघा गाउँ पाचायतको स्थापना भई २०१७ सालसम्म प्युठान जिल्लामा रहेको पाइन्छ। २०१७ सालदेखि २०३५ सालसम्म रोल्पा जिल्लामा कायम भई २०३५ सालदेखि मात्र रुँघा रुकुम जिल्लामा कायम भएको इतिहास साक्षी छ।
भौगोलिक अवस्थित अनुसार रुँघा गाउँ विकास समिति २८ डिग्री ३१ मिनेट १५ सेकेण्ड देखि २८ डिग्री ३३ मिनेट ४५ सेकेण्ड उत्तरी अक्षांस र २८ डिग्री २५ मिनेट ३० सेकेण्डदेखि २८ डिग्री २९ मिनेट ५० सेकेण्ड पूर्वी देशान्तर भित्र पर्दछ। यो गाविस समुन्द्री सतहबाट करिब ११३० मिटरदेखि २४०८ मिटरसम्मको उचाईमा पर्दछ। यस गाविसको अधिकांश भूभाग पहाडी भूभागमा पर्दछ। जहाँ वनजंगल र मानववस्तीले ढाकेको छ। यस भागमा पर्ने काभ्रेडाँडामा तामाखानी र कोर्वाङ आग्रामा फलाम खानी भएको स्थानीय वासिन्दाहरूको ठम्याई छ यस भागमा मकै गहुँ जौं कोदो र आलु खेती गरिन्छ। त्यसैगरी थोरै भाग ज्यूला रहेको भएपनि यो भाग उत्पादनका दृष्टिकोणले महत्त्वपूर्ण छ। यस भागमा ताजा तरकारी तथा धान गहुँको उत्पादन प्रशस्त गरिन्छ।
नजिकका ठाउँहरू
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Rugha · CC BY-SA 4.0
- Wikipedia (Nepali): रुँघा · CC BY-SA 4.0
- Wikidata item Q3428500 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"रुँघा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/rugha?lang=ne. Retrieved 4 November 2026.