DigiNepal
राराताल
Aadesh Baniya · CC BY-SA 4.0

राराताल

Rara Lake

नेपालमा रहेको एक ताल

Read in English · हिंदी में पढ़ें

राराताल नेपालको कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र गहिरो प्राकृतिक शुद्ध पानीको प्रसिद्ध ताल हो । यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा अवस्थित छ । जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चम तर्फ करीब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुगिन्छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर छ भने गहिराई १६७ मिटर छ । प्रकृतिको उपहारको रूपमा श्रृजित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत थप शोभा पुर्याएका छन् । यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

मुख्य तथ्यहरू

प्रकार
तलाउ wd
अवस्थिति
मुगु जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
क्षेत्रफल
10.8 km² wd
उचाइ
2,990 m wd
निर्देशाङ्क
29.5257° N, 82.0902° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Rara Lake · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): राराताल · CC BY-SA 4.0
  3. Wikidata item Q2120180 · CC0 1.0
  4. Image: Rara lake, Mugu.jpg by Aadesh Baniya (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"राराताल". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/rara-lake?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख राराताल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Rara lake, Mugu.jpg — Aadesh Baniya, CC BY-SA 4.0.

← ठाउँहरू