DigiNepal
मुक्तिनाथ
Ironicfreak · CC BY-SA 4.0

मुक्तिनाथ

Muktinath

हिन्दू तथा बौद्धमार्गीहरूको लागि एक महत्त्वपूर्ण तिर्थस्थल हो ।

Read in English · हिंदी में पढ़ें

मुक्तिनाथ हिन्दु तथा बौद्धमार्गीहरूको लागि एक महत्त्वपूर्ण तिर्थस्थल हो। यो तिर्थस्थल समुद्र सतहदेखि ३,७१० मीटरको उचाइमा नेपालको हिमालपारीको जिल्ला मुस्ताङ जिल्लामा अवस्थित छ। यस मन्दिरलाई हिन्दुहरूले मुक्ति क्षेत्र तथा बौद्धमार्गीहरूले तिब्बती भाषामा छुमिङ ग्यात्सा भन्दछन्। तिब्बती बौद्धमार्गीहरूका २४ तान्त्रिक स्थानहरू मध्ये छुमिङ ग्यात्सा पनि एक हो। मुक्तिनाथ वैष्‍णव सम्प्रदायको पनि प्रमुख मन्दिरहरू मध्य एक हो। यो तिर्थस्थल शालिग्राम भगवानको लागि प्रसिद्ध रहेको छ। शालिग्राम बास्तवमा एउटा पवित्र शिला हो जसलाई हिन्दु धर्ममा पुजनिय मानिन्छ। यो मुख्य रूपमा कालिगण्डकी नदिमा पाइन्छ। जस क्षेत्रमा मुक्तिनाथ अवस्थित छ त्यस ठाउँलाई मुक्तिक्षेत्रको नामले चिनिन्छ। हिन्दु धार्मिक मान्‍यताको आधारमा यो यस्तो क्षेत्र हो, जहाँ मानिसहरूलाई मुक्ति अथवा मोक्ष प्राप्‍त हुन्छ। मुक्तिनाथको यात्रा जटिल रहेको छ तैपनि हजारौ सङ्ख्यामा हिन्दु धर्मावलम्बी यहाँ तिर्थ गर्नका लागि आउने गरेको पाइन्छ। यो हिन्दु धर्मको दुर्गम तिर्थस्थल मध्ये एक हो।

मुख्य तथ्यहरू

प्रकार
मन्दिर wd
अवस्थिति
बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका (rural municipality of Nepal) › मुस्ताङ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.8167° N, 83.8708° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Muktinath · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मुक्तिनाथ · CC BY-SA 4.0
  3. Wikidata item Q1025465 · CC0 1.0
  4. Image: The Muktinath Temple.jpg by Ironicfreak (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मुक्तिनाथ". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/muktinath?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मुक्तिनाथ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: The Muktinath Temple.jpg — Ironicfreak, CC BY-SA 4.0.

← ठाउँहरू