
लेखनाथ नगरपालिका
Lekhnath
पोखरा महानगरपालिकामा गाभिएको साविकको नगरपालिका
लेखनाथ नेपालको गण्डकी प्रदेशको कास्की जिल्लामा अवस्थित एक पूर्व नगरपालिका र वर्तमान समयमा पोखरा महानगरपालिकाको एक छिमेकी क्षेत्र हो। साविक लेखनाथ, राखी, शिशुवा र वेगनास गाविसलाई गाभेर वि.सं. २०५३ माघ ११ गते यस नगरपालिकाको गठन भएको थियो। नेपाल सरकार मन्त्रिपरिषद्को वि.सं. २०७१ मङ्सिर १६ गतेको निर्णय र वि.सं. २०७१ पौष २८ गते नेपाल राजपत्रमा प्रकाशित भएअनुसार तत्कालीन भरतपोखरी गाविस यस नगरपालिकामा समाहित भएको थियो। लेखनाथ मध्य नेपालमा अवस्थित पोखरा उपत्यकाको प्राय: २८ डिग्री ०५" उत्तरदेखि २८ डिग्री १२" उत्तरी अक्षांश र ८४ डिग्री ०८" पूर्वी देशान्तर समथर भागमा रहेको प्राकृतिक सौन्दर्ययुक्त क्षेत्र हो। समुद्र सतहबाट ४९० मिटर उचाइमा रहेको कोत्रे देखि १,२१७ मिटर कोटवारी (सिरानडाँडा) सम्म फैलिएको यस क्षेत्रले पोखरा उपत्यकाको दक्षिण पूर्वी किनारामा प्राय: ठूलाकोटको फेदमा अवस्थित सात ताल समेत १२३.११ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। वि.सं. २०७३ फाल्गुन २२ मा लेखनाथ नगरपालिका र पोखरा उपमहानगरपालिका गाभिएर पोखरा महानगरपालिका बनेपछि यो वर्तमान समयमा पोखरा महानगरपालिकाको एक बजार क्षेत्र हो।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका नगरपालिकाहरू, मानव बस्ती, former administrative territorial entity wd
- अवस्थिति
- कास्की जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 58,816 (2011) wd
- क्षेत्रफल
- 123.11 km² wd
- स्थापना
- wd
- आधिकारिक वेबसाइट
- pokharamun.gov.np wd
- निर्देशाङ्क
- 28.3333° N, 84.0000° E wd
नजिकका ठाउँहरू
- कास्की जिल्ला — 0 km
- पश्चिमाञ्चल विकास क्षेत्र — 8 km
- सराङकोट — 11 km
- गण्डकी प्रदेश — 14 km
- पोखरा — 14 km
- फेवा ताल — 14 km
स्रोतहरू
- Wikipedia (English): Lekhnath · CC BY-SA 4.0
- Wikipedia (Nepali): लेखनाथ नगरपालिका · CC BY-SA 4.0
- Wikidata item Q1530699 · CC0 1.0
- Image: Lekhnath.jpg by Sudeep0683 (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"लेखनाथ नगरपालिका". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/lekhnath?lang=ne. Retrieved 21 October 2026.