
जलविनायक
Jal Binayak Temple
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
जलविनायक काठमाडौँका चार विनायक मध्येको एक हो । जलको प्रतीक मानिने चोभार गणेश जलविनायक लाई स्थानीय भाषामा कोयना द्यो भन्ने गरिन्छ। चोभार गल्छी ह्रासिकाप खोंचमा अवस्थित तीनतले प्यागोडा शैलीको यस मन्दिरमा गणेशको मूर्ति भने सादा ढुंगामा पूजिन्छ। प्र्रत्येक मंगलबार र भाद्र महिनाको गणेश चौथीका दिन यहाँ विशेष पूजा गर्ने चलन छ। यसका अलावा उपत्यकाका चार गणेश दर्शन गर्ने भनी बेला-बेलामा विशेष पूजा गर्ने परम्परा रहेको छ। पौराणिक कथा अनुसार नेपालमण्डल अर्थात् काठमाडौँ उपत्यका पानीले भरिएको बेला स्वयम्भू ज्योति दर्शनार्थ महाचीन तिब्बतबाट आएका बोधिसत्व माजुश्रीले चोभार ह्रासिकाप गल्छी काटेर पानी बाहिर पठाएको बताइन्छ। त्यससँगै यहाँ गणेशको मन्दिर स्थापना भएको किम्वदन्ती छ। चोभार गणेशस्थान नजिकमाजुश्री गुफा छ। यही आधारले यहाँ चहलपहल भइरहन्छ। सँगै रहेको हिमाल सिमेन्ट कारखाना बन्द भएपछि यस क्षेत्रको वातावरण स्वच्छ बनेर आगन्तुकको संख्या वृद्धि हुन थालेको स्थानीय बासिन्दा पार्वती तुलाधर बताउनुहुन्छ। ने.सं. ७२२ मा निर्मित कोयना गणेश मन्दिर परिसरमा सुःखावती लोकेश्वर वरुण, विष्णु सूर्य शिव पार्वती आदि देवीदेवताको मूर्तिसमेत प्रतिस्थापन गरिएको छ। परम्परागत शैलीमा सिंगारिएको धातुको पेगोडाशैलीयुक्त छाना आकर्षणको अर्को पाटो हो। मन्दिरको प्रवेशद्वारको दायाँ बायाँ दुई वटा सिंह र होचो स्तम्भमा गणेशको वाहन छुचुन्द्रो र टुँडालमा अष्टमातृका र अष्टभैरवहरू कुँदिएका छन्। कोयना गणेशलाई लड्डु पेडा होइन राँगा, हाँस, कुखुरा आदि पशुपक्षीको बलि दिने मौलिक परम्परा छ।
मुख्य तथ्यहरू
- प्रकार
- Hindu temple wd
- अवस्थिति
- काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.6583° N, 85.2933° E wd
नजिकका ठाउँहरू
- चोभार — 1 km
- कीर्तिपुर नगरपालिका — 1 km
- टौदह — 2 km
- सैंबु — 2 km
- Assumption of the Blessed Virgin Mary Cathedral, Kathmandu — 2 km
- त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान — 2 km
स्रोतहरू
- Wikipedia (English): Jal Binayak Temple · CC BY-SA 4.0
- Wikipedia (Nepali): जलविनायक · CC BY-SA 4.0
- Wikidata item Q13181210 · CC0 1.0
- Image: Chobhar-Jal Binayak-02-von oben-2007-gje.jpg by Gerd Eichmann (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"जलविनायक". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/jal-binayak-temple?lang=ne. Retrieved 5 November 2026.