DigiNepal
कीर्तिपुर नगरपालिका
Etter Studio · CC BY 2.0

कीर्तिपुर नगरपालिका

Kirtipur

काठमाडौँ जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

कीर्तिपुर नेपालको बागमती प्रदेशमा पर्ने काठमाडौँ जिल्लाको एक नगरपालिका हो। काठमाडौँ उपत्यकाको काठमाडौँ जिल्लामा रहेका तत्कालिन मालायकु, कीर्तिपुर चिठुविहार, पालिफल, चम्पादेवी, पाङ्गा विष्णुदेवी, पाङ्गा बालकुमारी, चोभार र बाहिरीगाउँ गाउँ विकास समिति मिलाएर वि.सं. २०५३ चैत्र १४ गते यो नगरपालिकाको गठन गरिएको थियो। यो काठमाडौँ उपत्यकाको एक ऐतिहासिक नगर हो। यस नगरपालिकाभित्र प्रसिद्ध बाघभैरव मन्दिर तथा काठमाडौँ उपत्यकाको सबैभन्दा ठूलो ताल टौदह रहेको छ। कुल १० वडामा विभाजित यो नगरपालिकाको जनसङ्ख्या वि.सं. २०६८ सालको जनगणना अनुसार ६५,६०२ रहेको छ।सन् २००८ मा युनेस्कोले कीर्तिपुरको मध्यकालीन बस्तीलाई सम्भावित विश्व सम्पदा क्षेत्रको सूचीमा सूचिकृत गरेको छ।

मुख्य तथ्यहरू

प्रकार
सहर, नेपालका नगरपालिकाहरू wd
अवस्थिति
काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
जनसंख्या
65,602 (2011) wd
सम्पदा मान्यता
Tentative World Heritage Site wd
आधिकारिक वेबसाइट
kirtipurmun.gov.np wd
निर्देशाङ्क
27.6667° N, 85.2833° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Kirtipur · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): कीर्तिपुर नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q1517030 · CC0 1.0
  4. Image: Kirtipur, 1950 - 1955.jpg by Etter Studio (CC BY 2.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"कीर्तिपुर नगरपालिका". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/kirtipur?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख कीर्तिपुर नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Kirtipur, 1950 - 1955.jpg — Etter Studio, CC BY 2.0.

← ठाउँहरू