हेलम्बू
Helambu
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
हेलम्बु नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २५६४ रहेको थियो जसमध्ये १२५८ पुरुष र १३०६ महिला रहेका थिए भने यहाँ ६५६ घरधुरी रहेको थियो। यो हाल हेलम्बु गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- भौगोलिक क्षेत्र, भञ्ज्याङ wd
- अवस्थिति
- सिन्धुपाल्चोक जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.0188° N, 85.5253° E wd
परिचय
यो हेलम्बु गाउँपालिकाको वडा नम्बर १ हो।
यो सिन्धुपाल्चोक जिल्लको रमणिय पर्यटकीय स्थल पनि हो| सुन्दरीजलबाट थारेपाटी पुगेपछि गोसाइँकुण्ड र हेलम्बू जाने बाटो छुटिन्छ । देब्रे लागे गोसाइँकुण्ड र दाहिने लागे हेलम्बू। सुन्दरीजलदेखिको तीन दिनको हिँडाइले थकाइ लागेको हुनाले यो रात थारेपाटीमै बास बस्नुपर्दछ। भोलिपल्ट दाहिनेतिरको 'रालो बाटो लागेपछि हेलम्बू भेकको यात्रा शुरु हुन्छ। यहाँबाट पूर्व सिन्धुसम्मको दृश्य देख्न सकिन्छ।
यो भेक घुम्नाले पूरा हेलम्बू क्षेत्रको रमणीय दृश्यावलोकन गर्न र धार्मिक-सांस्कृतिक विषयको जानकारी पाउन सकिन्छ। शेर्पाको आतिथ्य सत्कार, सरसफाइ, चीज, गुम्बा र गुजुमुज्ज घरहरूमा फहराइरहेका झ्ण्डा अध्ययनका नयाँनयाँ विषय हुन्। हेलम्बूका स्याउ चर्चित मात्र हैनन्, सुन्दरीका गालाको तारीफमा सबैभन्दा बढी प्रयोग हुने बिम्व पनि बनिसकेका छन्।
जिल्ला सदरमुकामबाट १४ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल १८५.५० वर्ग किलोमिटर छ। हेलम्बुको पूर्वी सिमानामा बरुवा गाविस पश्चिममा काठमाडौ जिल्ला. नुवाकोट जिल्ला. रसुवा जिल्ला उत्तरमा तिब्बत र दक्षिणमा इचोक तथा किउल गाविसहरू पर्दछन्। हेलम्बु गाविस पाल्चोक थुम अन्तर्गत पर्दछ। हेलम्बु गाविसले आफ्नै पहिचान बोकेको छ। चिसो हावापानी पाइने हेलम्बु जिल्लाकै एक आकर्षक गाविस हो। प्राकृतिक रूपमा निकै सुन्दरताका साथै साँस्कृति रूपमा पनि हेलम्बुको आफ्नै विशेषता छ। हिमाली शेर्पा संस्कृतिमा धनी चिसो हावापानी मनोरम हिमश्रृङ्खला आदिले जो कोही पर्यटकलाई हेलम्बुले लोम्भ्याउदछ। सिन्धुपाल्चोक जिल्लामा नै बढी स्याउ उत्पादन हुने गाविस हेलम्बु हो। उर्जा उत्पादनमा हेलम्बुमा हेलम्बु साना जलविद्युत परियोजनाको निर्माण गरिएको छ। जिल्ला निर्वाचन क्षेत्र नम्बर तीन अन्तगर्त पर्ने हेलम्बुको वि.सं. २०५८ सालमा साक्षरता दर ३९ घरपरिवार संख्या ५८९ र कुल जनसङ्ख्या २६७९ थियो।
नजिकका ठाउँहरू
- हेलम्बु गाउँपालिका — 4 km
- खोकना — 7 km
- बरुवा — 7 km
- घ्याङ्गफेदी — 7 km
- थाइ अन्तर्राष्ट्रिय एयरवेज फ्लाइट ३११ — 8 km
- इचोक — 11 km
स्रोतहरू
- Wikipedia (English): Helambu · CC BY-SA 4.0
- Wikipedia (Nepali): हेलम्बू · CC BY-SA 4.0
- Wikidata item Q1519429 · CC0 1.0
- Image: Sunset view from Helambu.JPG by Sudan Shrestha (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"हेलम्बू". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/helambu?lang=ne. Retrieved 3 November 2026.