DigiNepal
दिपायल सिलगढी नगरपालिका
Bhaskar Pyakurel · CC BY-SA 2.0

दिपायल सिलगढी नगरपालिका

Dipayal Silgadhi

डोटी जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

दिपायल सिलगढी नगरपालिका नेपालको सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा अवस्थित एक नगरपालिका तथा जिल्ला सदरमुकाम हो। दिपायल सिलगढी सेती नदीको किनारमा रहेको छ। वि.सं. २०३८ सालमा रमणिय पौराणिक तथा ऐतिहासिक डोटी जिल्लाको केन्द्र भागमा नगरपालिकाको स्थापना गर्ने क्रममा कोट भैरव र सिलगढीका गाउँ पञ्चायतका सबै वडाहरूका साथै तिखा र रनागाउँ गाउँ पञ्चायतका केही भूभागहरूलाई दिपायल नगर पञ्चायत बनाइएको थियो। आरम्भमा दिपायल नगर पञ्चायत नाम राखिएको यस नगरपालिकालाई वि.सं. २०४७ सालमा बबर डाँडा र तिखा गाविसहरूको सम्पूर्ण भूभागलाई यो नगरपालिकामा समावेस गरेर १४ वटा वडा बनाइनुका साथै यसलाई दिपायल सिलगढी नगरपालिका भनेर नामाकरण गरिएको थियो। त्यस पछि लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनासँगै नेपालको संविधान २०७२को घोषणा पश्चात् स्थानीय विकास मन्त्रालयको निर्णय अनुसार राज्यको पुनर्संरचना गर्ने र नेपाललाई ७५३ वटा स्थानीय तहहरूमा विभाजन गर्ने क्रममा यस नगरपालिकामा पनि विस्तार भई साविकका लडागडा, बगलेक (८,९), खातिवडा (४-६), कलेना गाविसहरू यस नगरपालिकामा समावेस गरिएको थियो। यस नगरलाई ऐतिहासिक र धार्मिक नगरको रूपमामा पनि लिइन्छ। भगवान रामका पुर्खा राजा दिलिपले तपस्या गरि स्थापना गरेको दिल्पेश्वर मठ र स्कन्द पुराणको मानस खण्डमा वर्णित चन्दनगिरी पर्वत हालको सिलगढी नगरमा रहेको छ। यसैगरी सुदूरपश्चिमकी नौ भगवती मध्य शैलेश्वरी देवीको मन्दिर यसै नगरमा रहेको छ।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती, वार्ड, नेपालका नगरपालिकाहरू wd
अवस्थिति
डोटी जिल्ला (district of Nepal) › सुदूरपश्चिम प्रदेश (province of Nepal) wd
क्षेत्रफल
72 km² wd
उचाइ
549 m wd
आधिकारिक वेबसाइट
dipayalsilgadhimun.gov.np wd
निर्देशाङ्क
29.2608° N, 80.9400° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Dipayal Silgadhi · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): दिपायल सिलगढी नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q2514694 · CC0 1.0
  4. Image: Dipayal.jpg by Bhaskar Pyakurel (CC BY-SA 2.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"दिपायल सिलगढी नगरपालिका". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/dipayal-silgadhi?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख दिपायल सिलगढी नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Dipayal.jpg — Bhaskar Pyakurel, CC BY-SA 2.0.

← ठाउँहरू