DigiNepal
खप्तड राष्ट्रिय निकुञ्ज
Rajanmaharjan · CC BY-SA 4.0

खप्तड राष्ट्रिय निकुञ्ज

Khaptad National Park

नेपालमा रहेको एक राष्ट्रिय निकुञ्ज

Read in English · हिंदी में पढ़ें

खप्तड राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको सुदूरपश्चिम प्रदेशका ४ पहाडी जिल्लाहरू बझाङ, बाजुरा डोटी र अछाम जिल्लाको संगम स्थलमा अवस्थित छ। यसको क्षेत्रफल २२५ बर्ग कि.मी. छ। यो बि.स २०४२ मा स्थापना गरिएको हो। यो निकुञ्ज संसारकै राम्रो स्थानमा पर्दछ। समुद्र सतहबाट २४०० देखि ३७०० मिटर उचाइमा फैलिएको खप्तड क्षेत्रको बीचमा उभिएको छ १२ हजार फिट अग्लो खप्तड लेक। खप्तडमा पनि लिइन्छ। यो ५० वर्ष पहिले खप्तडबाबाले तपस्या गरेको पवित्र ठाउँ हो | सुदूरपश्चिमको भूस्वर्ग भनिने खप्तड डोटी अछाम बझाङ र बाजुराको संगमस्थल हो। खप्तडको त्रिवेणीमा रहेको त्रिवेणी मन्दिर र त्यसवरपर २२ वटा पाटन छन्। खप्तड बाबाको कुटी त्रिवेणी नदी खापर दह शिव मन्दिर सहस्रिलंग गणेश मन्दिर नागढुंगा केदारढुंगाजस्ता धार्मिक स्थल निकै प्रख्यात छन्। सदियौँदेखि खप्तडमा लाग्ने विविध सांस्कृतिक मेलामध्ये गंगा दसहरामा हजारौँ तीर्थयात्री भेला हुन्छन्। त्रिवेणी नदीमा स्नान गर्नुका साथै सुदूरपश्चिमकै प्रसिद्ध हुड्के नाच हेर्न स्थानीयवासी जम्मा हुने गर्छन्। सुदूरपश्चिमको सबैभन्दा प्रसिद्ध गन्तव्यस्थल खप्तड घुम्नका लागि जेठ, असारदेखि मङ्सिरसम्मको समय उपयुक्त मानिन्छ। यहाँ २५ मैदान मात्र छैनन्, वरिपरि ५३ वटा थुम्काहरू छन्, जसलाई स्थानीय भाषामा झोती भनिन्छ।किम्वदन्ती अनुसार दोस्रो नम्बरका पाण्डव भीमले हलो जोत्दा फालीले फ्याँकेको माटोबाट यी थुम्का बनेका हुन्।

मुख्य तथ्यहरू

प्रकार
राष्ट्रिय निकुञ्ज wd
अवस्थिति
सुदूरपश्चिम प्रदेश (province of Nepal) wd
क्षेत्रफल
255 km² wd
स्थापना
wd
आधिकारिक वेबसाइट
dnpwc.gov.np/protected_areas/details/khaptadnationalpark wd
निर्देशाङ्क
29.2700° N, 80.9900° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Khaptad National Park · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): खप्तड राष्ट्रिय निकुञ्ज · CC BY-SA 4.0
  3. Wikidata item Q2625399 · CC0 1.0
  4. Image: Khaptad National Park.JPG by Rajanmaharjan (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"खप्तड राष्ट्रिय निकुञ्ज". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/khaptad-national-park?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख खप्तड राष्ट्रिय निकुञ्ज बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Khaptad National Park.JPG — Rajanmaharjan, CC BY-SA 4.0.

← ठाउँहरू