दामन
Daman, Nepal
दामन नेपालको मध्यमाञ्चल विकाश क्षेत्र
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
दामन नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, मकवानपुर जिल्लामा अवस्थित एक गाविस तथा लोकप्रिय पर्यटकीय तथा कृषि क्षेत्र हो। यो स्थान प्राकृतिक दृष्टिकोणले पनि लोभलाग्दो छ। यो ठाउँमा घुम्न वर्षेनी लाखौं आन्तरिक र बाह्य पर्यटकहरू आउने गर्छन्। दामनमा अवस्थित भ्यू टावरबाट सगरमाथा हिमाल प्रष्ट हेर्नसकिने भएकाले पनि दामन पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ।। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १६७७६ रहेको थियो जसमध्ये ७९९१ पुरुष र ८७८५ महिला रहेका थिए भने यहाँ ३२२१ घरधुरी रहेको थियो। यो हाल थाहा नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- मकवानपुर जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 8,439 (2011) wd
- निर्देशाङ्क
- 27.6833° N, 85.1167° E wd
परिचय
यसको साविकका १-४ वडाहरू थाहा नगरपालिकाको वडा नम्बर ३ हो भने ५-७ वडाहरू वडा नम्बर ४ र ८-९ वडाहरू वडा नम्बर ५ हो।
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Daman, Nepal · CC BY-SA 4.0
- Wikipedia (Nepali): दामन · CC BY-SA 4.0
- Wikidata item Q5211940 · CC0 1.0
- Image: A view of mountains from Daman Nepal..JPG by Ucaughtmebaby (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"दामन". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/daman-nepal?lang=ne. Retrieved 4 November 2026.