
तारा एयर विमान १९३ घरेलू नियमित यात्रु विमान थियो जुन २४ फेब्रुअरी २०१६ को दिन पोखराको पोखरा विमानस्थलबाट जोमसोमको जोमसोम विमानस्थल उडान समयमा दुर्घटनाग्रस्त भएको हो । विमानमा सवार सबै यात्रु र चालक दलका सदस्यसहित २३ जनाकै मृत्यु भएको हो दुर्घटनामा जीवन गुमाउने विमान चालक दलका सदस्य र यात्रुहरूप्रति देउवाले ट्वीटरमार्फत श्रद्धाञ्जली दिएका छन् । उनले शोक सन्तप्त परिवारजनमा पनि समवेदना व्यक्त गरे । चालक दलका तीनसहित २२ जना सवार जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।तारा विमानका लागि पोखरा-जोमसोम उडान समय १८ मिनेट हो। विमान जोमसोममा १०:१३ बजे अवतरण गर्नुपर्ने थियो तर अवतरण गर्न ६ मिनेट बाँकी छदै सम्पर्कविहीन बन्यो। दुर्घटनास्थलमा उद्धारका लागि खटिएका प्रहरी निरीक्षक अनुसार दुर्घटनास्थल निकै अप्ठ्यारो ठाउँमा थियो । करिब १३ हजार ५ सय फिटको उचाइको चट्टाने पहरोमा ठोक्किएपछि खोंचमा खसेको अवस्थामा विमान फेला परेको उनले बताए। सम्पर्कविहीन भएलगत्तै बाटो बिराएको विमान करिब १३ हजार ५ सय फिटको उचाइको हिमाली खोचको चट्टानेपहरोमा ठोक्किन पुग्दा क्षतविक्षत अवस्थामा फेला परेको थियो।विमानमा यात्रा गरिरहेका यात्रु र चालक दलमध्ये २१ जनाको शव फेला परेको थियो। एकजना अझै हराइरहेको प्रहरीले बताएको थियो। चट्टानमा ठोक्किएर खोचमा विमान खसेकाले उद्धार र शव निकाल्न निकै कठिनाइ भएको थियो।विमानमा सवार सबै जनाको शव भेटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार १० जनाको शव सोमबार नै काठमाडौँ पठाइसकिएको थियाे भने बाँकी शवलाई समेत घटनास्थलबाट कोवाङमा झारिएको थियो । दुर्घटनास्थलबाट ब्ल्याकबक्ससमेत भेटिएपछि शव र दुर्घटनास्थलमा भेटिएका महत्वपूर्ण सामानसहित उद्धारमा खटिएका सुरक्षाकर्मीसमेत फिर्ता भएको थिएँ। कोबाङमा ल्याइएका १२ जनाको शवलाई समेत नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी गरिएको थियो । तारा एयरको जहाज हराएको १९ घण्टापछि सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । भौगोलिकरूपमा विकट, कुहिरो लाग्ने, पानी र हिउँ परिरहने भएकाले चार हजार २०० मिटर उचाइको भिरमा छरिएर रहेका शव र यात्रुका सामान सङ्कलन गरेर कोवाङमा ल्याउन ढिलाइ भएको हो । थासाङ गाउँपालिकाको केन्द्र कोवाङबाट घटनास्थल पुग्न चार घण्टा उकालो हिँड्नुपर्छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शेर्पा र स्थानीयवासी घटनास्थल पुगेर दुर्घटनामा परेर ज्यान गुमाएकाको शव सङ्कलन र उद्धार गरेका थिए । सोमबार बिहान ७ बजेतिर यार्चागुम्बा टिप्न गएका बागलुङको बडिगाड गाउँपालिका–७ का विशाल घर्तीले घटनास्थल देखेर प्रहरीलाई खबर गर्नुभएको थियो । उहाँले इन्धनको गन्ध आएपछि पछ्याउँदै जाँदा जहाज दुर्घटनाग्रस्त अवस्थामा र शव छरिएको अवस्था देखेपछि प्रहरीलाई घटनास्थलको फोटो र भिडियो पठाइदिनुभएको थियो ।
मुख्य तथ्यहरू
- प्रकार
- aircraft crash wd
- अवस्थिति
- म्याग्दी जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.5385° N, 83.6207° E wd
नजिकका ठाउँहरू
- पुन हिल — 17 km
- कोबाङ — 17 km
- धौलागिरी अञ्चल — 18 km
- Annapurna South — 18 km
- टुकुचे — 19 km
- Tara Air Flight 197 — 19 km
स्रोतहरू
- Wikipedia (English): Tara Air Flight 193 · CC BY-SA 4.0
- Wikipedia (Nepali): तारा एयर विमान १९३ · CC BY-SA 4.0
- Wikidata item Q22927624 · CC0 1.0
- Image: 9N-AHH Main wreakage area.jpg by Nepal's Aircraft Accident Investigation Commission (AAIC) (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"तारा एयर विमान १९३". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/tara-air-flight-193?lang=ne. Retrieved 21 October 2026.