DigiNepal
ताप्लेजुङ जिल्ला
Nirmal Raj Joshi · CC BY-SA 3.0

ताप्लेजुङ जिल्ला

Taplejung District

नेपालको एक जिल्ला

Read in English · हिंदी में पढ़ें

ताप्लेजुङ जिल्ला (शेर्पा भाषा: སྟབས་ལས་རྫོང་རྫོང་ཁག, नेपालका ७७ वटा जिल्लाहरू वा कोशी प्रदेशका १४ जिल्ला मध्ये एक जिल्ला हो। यो एक हिमाली जिल्ला हो। विश्वको तेस्रो अग्लो चूचूरो कञ्चनजङ्घा हिमाल यसै जिल्लामा पर्दछ। यो क्षेत्रफलको हिसाबले नेपालको तेस्रो ठुलो जिल्ला हो। ताप्लेजुङ्ग जिल्लाको अर्को सम्पति भनेको पाथीभरा देवीको मन्दिर पनि हो। जहाँ हिन्दू र बौद्ध मार्गीहरू शक्ति प्राप्तिका लागि दर्शन गर्न जाने गर्दछन्। झापा जिल्लाको बिर्तामोड देखि २३४.११ किलोमिटरको सडकले इलाम र पाँचथरको सदरमुकाम फिदिम हुँदै यस जिल्लाको सदरमुकाम फुङलिङ बजारलाई जोडेको छ। नेपालको सुदुर उत्तर-पूर्वमा अवस्थित ताप्लेजुङ करिब ३,६४६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। हिमाली र पहाडी भूवनोटसँगै उत्तर-दक्षिण फैलीएर रहेको यो जिल्ला ७७७ मिटर देखि ८,५९८ मिटरसम्मको उचाइमा रहेको छ। वि.सं २०७८ को जनगणना अनुसार यहाँको जनसङ्ख्या १,२०,५९० रहेको थियो।

मुख्य तथ्यहरू

प्रकार
नेपालका जिल्लाहरू wd
अवस्थिति
कोशी प्रदेश (province of Nepal) wd
जनसंख्या
120,590 (2021) wd
क्षेत्रफल
3,646 km² wd
आधिकारिक वेबसाइट
ddctaplejung.gov.np wd
निर्देशाङ्क
27.3500° N, 87.6667° E wd

भित्रका ठाउँहरू: ताप्लेजुङ जिल्ला

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Taplejung District · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): ताप्लेजुङ जिल्ला · CC BY-SA 4.0
  3. Wikidata item Q28590 · CC0 1.0
  4. Image: Dudhkunda at Yamtari glacier - panoramio.jpg by Nirmal Raj Joshi (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"ताप्लेजुङ जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/taplejung-district?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख ताप्लेजुङ जिल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Dudhkunda at Yamtari glacier - panoramio.jpg — Nirmal Raj Joshi, CC BY-SA 3.0.

← ठाउँहरू