
मनोज गजुरेल नेपाली हास्यव्यङ्ग्य कलाकार, अभिनेता, मोडल, गायक तथा हास्यव्यङ्ग्य कार्यक्रमका निर्णायक हुन्। उनले आफ्नो प्रस्तुतिमा पात्रको स्वर मात्र नक्कल नगरी पात्रको लगाइ, हिँडाइ, बोलाइ हाउभाउका साथै शारीरिक वनावटको समेत नक्कल गर्छन्। पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विश्व स्वास्थ्य सङ्गठनको महा-निर्देशक टेड्रोस एड्हानोम गेहब्रेयसस, देखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसम्मको नक्कल गर्दै उनले नेपालमा मात्र हैन अन्तर्राष्ट्रिय जगतमा समेत वाहावाही पाएका छन्। अमेरिकी अनलाइन सिबिएस न्युजले उनलाई विश्वका १८ ट्रम्प प्रतिरूपणकर्ता हास्य कलाकारको सूचीमा राखेको छ। यसै कारण उनलाई समग्रमा बौद्धिक हास्यकलाकारको रूपमा चिनिन्छ। उनको व्यङ्ग्यको तारो मुख्यतः सामाजिक तथा राजनैतिक बेथिति, कुरीति, कुसंस्कार, कुप्रथा आदि नै हुन्। उनी राजनीतिलाई विश्लेषणात्मक तरिकाले नकारात्मक पाटोलाई व्यङ्ग्य प्रहार गर्छन् भने सकारात्मक पाटोलाई उजागर गर्दै सही बाटोमा लाग्न उत्प्रेरित गर्छन्।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Manoj Gajurel · CC BY-SA 4.0
- Wikipedia (Nepali): मनोज गजुरेल · CC BY-SA 4.0
- Wikidata item Q19682234 · CC0 1.0
- Image: Manoj Gajurel1.jpg by Ganesh Paudel (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मनोज गजुरेल". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/manoj-gajurel?lang=ne. Retrieved 21 October 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्