DigiNepal
फुङ्लिङ नगरपालिका
Suryakedem555 · CC BY-SA 4.0

फुङ्लिङ नगरपालिका

Phungling Municipality

ताप्लेजुङ जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

फुङलिङ नेपालको कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा अवस्थित एक नगरपलिका हो। ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङलिङ बजार यसै नगरपालिकामा रहेको छ। २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकको दोखु र फुङलिङ गाविसहरूलाई समावेश गरेर ताप्लेजुङ नगरपालिका बनाइएको थियो भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा साविकका फुरुम्बु, फावाखोला, हाङ्गदेवा गाउँ विकास समितिहरूलाई समेटेर फुङलिङ नगरपालिका बनाइएको थियो। यस नगरपालिकालाई ८ वडामा विभाजन गरिएको छ। यसको क्षेत्रफल १२५.५७ वर्ग किलोमिटर रहेको छ। करिब १८२४ मिटर को उचाइमा अवस्थित उपयुक्त हावापानी तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण यो नगरपालिका उत्तिस, सल्ला र गुराँसको जङ्गलले ढाकिएको छ। यस नगरपालिकाको केन्द्र साविकको ताप्लेजुङ नगरपालिकाको कार्यालयमा राखिएको छ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड, मानव बस्ती, नेपालका नगरपालिकाहरू wd
अवस्थिति
ताप्लेजुङ जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
उचाइ
1,441 m wd
आधिकारिक वेबसाइट
taplejungmun.gov.np wd
निर्देशाङ्क
27.3564° N, 87.6703° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Phungling Municipality · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): फुङ्लिङ नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q668851 · CC0 1.0
  4. Image: Phungling.JPG by Suryakedem555 (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"फुङ्लिङ नगरपालिका". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/phungling-municipality?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख फुङ्लिङ नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Phungling.JPG — Suryakedem555, CC BY-SA 4.0.

← ठाउँहरू