
सूर्यविनायक
Suryavinayak Temple
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
भक्तपुर सूर्यविनायक भगवान गणेशको एक प्रसिद्ध मन्दिर हो। यो काठमाडौ उपत्यकामा रहेका प्रमुख चार गणेशस्थान मध्ये एक हो। यो क्षेत्र धार्मिक एवं ऐतिहासिक दृष्टिकोणवाट अति महत्त्वपूर्ण छ। यो भक्तपुर नगरबाट २ कि.मी. दक्षिण सिपाडोल गाविसमा पर्दछ। यहाँको प्रसिद्ध सूर्यविनायक (गणेश) मन्दिर लिच्छवि कालमा शिखर शैलीमा निर्माण भएको पाइन्छ। काठमाडौँ, पाटन, बनेपा, भक्तपुर जिल्लाका भक्तजनहरू हरेक मंगलवार र माघ महिनामा ठूलो र्घुइंचोका साथ यस गणेश मन्दिरको दशनार्थ आउने गरेको पाइन्छ। सूर्यविनायकको पूजावाट भाग्य निर्माण हुने र सद्बुद्धि आउने आम धारणा रहेको छ। हरियाली रमणीय डाँडा रहेको कारणले यो क्षेत्र पर्यटकीय एवं वनभोज स्थलको रूपमा पनि प्रख्यात छ। सूर्यविनायकको जंगलमा ९९ प्रजातिका चराचुरुङ्गी पाइने हुनाले यो स्थलले चरा अवलोकनको लागि पनि क्रमशः प्रसिद्धि पाउँदै आएको छ।
मुख्य तथ्यहरू
- प्रकार
- मन्दिर wd
- निर्देशाङ्क
- 27.6563° N, 85.4234° E wd
नजिकका ठाउँहरू
- गुण्डु — 1 km
- कटुञ्जे — 1 km
- भक्तपुर जिल्ला — 1 km
- न्यातपोल मन्दिर — 2 km
- सिपाडोल — 2 km
- भक्तपुर — 2 km
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Suryavinayak Temple · CC BY-SA 4.0
- Wikipedia (Nepali): सूर्यविनायक · CC BY-SA 4.0
- Wikidata item Q7647436 · CC0 1.0
- Image: Suryavinayak Temple4.jpg by Janak Bhatta (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सूर्यविनायक". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/places/suryavinayak-temple?lang=ne. Retrieved 5 November 2026.