
राईगाउँ
Raigaun
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
राईगाउँ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, मकवानपुर जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १०३६८ रहेको थियो जसमध्ये ४९७७ पुरुष र ५३९१ महिला रहेका थिए भने यहाँ १८९३ घरधुरी रहेको थियो। यो हाल बागमती गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड, मानव बस्ती wd
- अवस्थिति
- मकवानपुर जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.2400° N, 85.4500° E wd
परिचय
यसको साविकका १-३ वडाहरू बागमती गाउँपालिकाको वडा नम्बर १ हो भने ४-७ वडाहरू वडा नम्बर २ र ८-९ वडाहरू वडा नम्बर ३ हो।
यस जिल्लाको पूर्वि दक्षीण भागमा पर्दछ। यो गाविसबाट दक्षिणतर्फ पूर्व-पश्चिम महेन्द्र राजमार्ग १७ किलोमिटर को दूरीमा रहेको छ भने उत्तरतर्फ महाभारत चुरेपर्वतहरू छन्। राजधानी काठमान्डौबाट बग्ने बागमति नदि यहि गाविसहुँदै तराई बग्दछ। यहि नदिले सिन्धुली जिल्लासँगको सिमाना छुट्याईएको छ। यस गाउँमा ठूला थप दुई खोला मरिण र चिरूवा बागमतिमा मिसिएर अविरल बग्ने गर्दछ। भौगोलिक रचनामा चारैतिरबाट पहाडहरूले घेरिएको यो उपत्यका भित्रि तराई अन्तर्गत पर्दछ। यहि गाविसको हात्तिढुङ्गा गाउँ जिल्लाको सबैभन्दा होचो भूभागमा पर्दछ। जसको उचाई समुद्रि सतहबाट १६६ मिटर रहेकोछ।
मकवानपुर जिल्लाको मूलबासी आदिवासीको रूपमा चिनिएका भुमिपुत्र भुमिपुजक देवास राई जाति पनि यहि ठाउँमा नै आदिम युगदेखि बसोवास गर्दै आएका छन्। यहि जातीबाट नै गाविसको नाम पनि राईगाउँ रहन गएको ठहर छ।
नजिकका ठाउँहरू
- पिपलमाढी — 6 km
- हरिहरपुरगढी — 9 km
- बागमती गाउँपालिका, मकवानपुर — 9 km
- पौराई — 11 km
- जुडिबेला — 11 km
- महेन्द्रझ्यादी — 12 km
स्रोतहरू
- Wikipedia (English): Raigaun · CC BY-SA 4.0
- Wikipedia (Nepali): राईगाउँ · CC BY-SA 4.0
- Wikidata item Q3417873 · CC0 1.0
- Image: - panoramio (2893).jpg by Rajkumar Rimal (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"राईगाउँ". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/raigaun?lang=ne. Retrieved 3 November 2026.